६ असार २०७३, सोमबार

नक्कली प्रमाणपत्र रहेको आरोपमा पक्राउ परेका चिकित्सकले भारतको बिहार बोर्डबाट पास गरेको आर्इएस्सी प्रमाणपत्र पेस गरेको रहस्य खुलेको छ ।

edg

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आठ सय नौ जना चिकित्सकको शैक्षिक प्रमाणपत्रबारे अनुसन्धान गर्दा एक सयजनाको नक्कली प्रमाणपत्र रहेको पत्ता लगाएको हो । ब्यूरोले नक्कली चिकित्सक पक्राउ गर्न थालेको ‘अप्रेशन वाक’ अन्तर्गत गत शुक्रबार दश जिल्लाबाट ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

जसमध्ये काठमाडौंका १३, पर्साका ९, मोरङका ३, चितवनका ३, धनुषाका २, ललितपुरका २, र दाङ, झापा तथा कास्कीका एकएकजना चिकित्सक छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV