४ असार २०७३, शनिबार

 

बाबियाचौर (म्याग्दी), असार । म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ ।

रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने–७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images

प्रहरीका अनुसार साथीसँगै मुस्ताङ घुम्न जान हिँडेका घिमिरे तस्बिर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए । उनको शव तलाउ बाहिर अड्किएको छ । प्रहरीका अनुसार घिमिरे एसबिआई बैंकको दमौली शाखाका कर्मचारी हुन् ।

शव रहेको ठाउँसम्म पुग्ने बाटो नभएकाले कठिनाइ भएको छ । नेपाली सेना र प्रहरीको टोलीले शवलाई बाहिर निकाल्ने प्रयास गरेका छन् । रासस

LIVE TV