४ असार २०७३, शनिबार

नायिका प्रियंका चोपडा आफ्नो फिल्मको साथै अन्य गतिबिधीहरु गर्दै आफ्नो फ्यानहरुको मनमा राज गरीरहेकी छिन् । त्यस्तै फोटोशुट गर्दै प्रियंकाले फ्यानहरुको ध्यानकर्षण गरीरहेकीछिन् । भर्खरै मात्र उनले ‘म्याक्सिम ईन्डिया म्यागजीन’को कभर पेजमा आफ्नो तस्विर छपाएकी छिन् । उक्त तस्विरले सबैको ध्यान तानीरहेको छ ।

maxima_sm-_650_061716075422
म्यागाजीनको कभर पेजमा प्रियंका कालो आउटफिटमा निकै ग्ल्यामरस देखिएकी छिन् । यस फोटोशुटमा उनि भिन्दै खालको स्टनीङ नजरमा देखिन्छिन् । अहिले यस फोटोशुटको भिडियो पनि अपलोड भएको छ । प्रियंका ‘म्याक्सिम हट १०० लिष्ट २०१६’मा पहिलो नम्बरमा रहेकी छिन् । प्रियंकाले तेस्रो पटक पनि म्याक्सिम हट १००को लिष्टमा पर्न सफल भएकी हुन् । यो भन्दा पहिले प्रियंकाले २०११ र २०१३ मा पनि उहि नम्बरमा रहेकी थिईन् ।
पछिल्लो समय प्रियंकाको हलिउड टिवी सिरीयल क्वान्टिको सफल भएपछि हलिउड फिल्म बेवाचमा पनि उनको नजर आउँदैछ ।

asfds

प्रतिक्रिया दिनुहोस्
LIVE TV