४ असार २०७३, शनिबार

संसद्मा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उद्देश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन् । संसद्ले गत बुधबार सैद्वान्तिक रुपमा स्वीकृत गरेको ‘केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा बदनियतले दुर्घटना गराई व्यक्तिको ज्यान मार्ने र लापरबाहीको कारा व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले जन्मकैदको सजाय पाउने उल्लेख छ । प्रचलित कानुनअनुसार जन्मकैद भन्नाले २० वर्ष जेल सजाय भन्ने बुझिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV