
मानवीय सेवा पु¥याउने भन्दै राजश्व छुटमा आयात गरिएको एम्बुलेन्स भाडाको सवारी झै नाफामुखी बन्न थालेका छन् । त्यसमा पनि अधिकांश एम्बुलेन्स मापदण्ड बिपरित रहेको छ । स्वास्थ्य उपचारमा महत्पूर्ण मानिएको एम्बुलेन्स सामान्य उपचार सेवा सुबिधाविहीन छ । जस्का कारण अस्पताल पुग्नु अगाबै ज्यान गुमाउने बिरामीको संख्या बढ्दो रहेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।
अचानक बिरामी परेर अथवा दुर्घटनामा गम्भीर घाइते भई आकस्मिक उपचार गर्नुपरे तत्कालै स्वास्थ्य संस्था पु¥याउनका लागि एम्बुलेन्स प्रयोग गरिन्छ । स्वास्थ्य संस्था नपुगुन्जेलसम्मको अवधिका लागि बिरामीलाई प्राथमिक उपचार र सुविधा एम्बुलेन्समै हुनुपर्ने हो ।
बिरामी बोक्ने भनेर हजारौं एम्बुलेन्स सञ्चालनमा छन् । अस्पताल, अन्य स्वास्थ्य संस्था, रेडक्रस, सामाजिक संस्था र क्लबहरू मात्र होइन टोल संगठनहरूले समेत एम्बुलेन्स चलाएका छन् । तर अधिकांशमा मापदण्डअनुसारको सुविधा नभएको इमर्जेन्सी बिशेषज्ञ डा कृष्णकुमार राइको भनाइ छ ।
चिकित्सकका अनुसार एम्बुलेन्समा कम्तीमा प्राथमिक उपचारका सामग्री, अक्सिजन, सुविधायुक्त ओछ्यान, स्टेथेस्कोप, रक्तचाप नाप्ने यन्त्र अनि तालिमप्राप्त स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक समेत प्राथमिक उपचारको तालिम प्राप्त हुनुपर्छ । तर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्समा यस्तो सुविधा हुँदैन ।
अक्सिजनसम्म नभएको एम्बुलेन्सबाट बिरामी लैजानुपर्ने अवस्थामा ज्यानै जोखिममा पर्ने गरेको छ । एम्बुलेन्सलाई इमर्जेन्सी औषधि र सामान्य उपकरणयुक्त बनाइनुपर्ने मापदण्ड बिपरितका एम्बुलेन्सको अनुगमन गर्नु पर्ने चिकित्सकको सुझाब छ ।
सरकारी तथा निजी अस्पताल र गैरसरकारी निकायका दजनौं एम्बुलेन्सहरु सञ्चालनमा आईरहेको भएपनि एम्बुलेन्स सञ्चालनका लागि आवश्यक पर्ने पुर्वाधार बिना बिरामी ओसारपसार गरिरहेको छन । जसका कारण अस्पतालमा हुने मृत्युदर समेत बढेको छ । अत्यावश्यक पूर्वाधार नभएका एम्बुलेन्सको संख्या मात्रै बढेको छ, बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । भन्सार छुटमा भित्रयाइएको सेवामुलक साधानलाइ सेवामुलक बनाउन सम्बन्धित निकायले नामै मात्रको एम्बुलेन्स सेवालाई कानुनी दायरामा ल्याउँन ढिला भैसकेको छ ।