३ असार २०७३, शुक्रबार

सुर्खेत उपत्यकाको वीच भागमा २४ बिघा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यान विगत डेढदशक यता बर्षेनी जीर्ण बन्दै गएको छ । वुलवुल गर्दै निस्कने पानी फोहोर पानीमा परिणत भएको छ । सु

र्खेतको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित बुलबुले उद्यानमा एकदशक अघि सम्म स्वदेशी मात्र नभई विदेशी पर्यटकहरुको समेत घुइँचो लागेपनि उद्यान जीर्ण बन्दै गएपछि तालमा स्थानीय नुहाउने र लुगा धुने बाहेक पर्यटक शुन्य हुदै गएका छन् ।

सुर्खेत उपत्यकाको दर्शनीय स्थलमा सबैभन्दा पहिले बुलबुले तालकै नाम आउने गर्दछ । मनोरञ्जनका लागि बनाईएका पानीको फोहोरा निस्कने तलैया पनि सुख्खा बनेको छ । प्रख्यात बुलबुले उद्यानको अवस्था दिनदिनै विजोग बन्दै गएपछि स्थानीय बासिन्दालाई चिन्तित बताएको कुलबहादुर खड्का बताउनु हुन्छ ।

वि.स. २०३० सालमा राजा वीरेन्द्रको निर्देशनमा सुर्खेत सवारीको क्रममा बुलबुले उद्यानको विकास, संरक्षण र सम्वद्र्धनको जिम्मा पाएको सुर्खेत उपत्यका नगर विकास समितिको लापरबाहीको कारण उद्यानको यो दुरगति हुन पुगेको हो । एक दशक अघिसम्म बुलबुले तालमा ५ वटा डुङ्गा संञ्चालनमा रहेपनि त्यसयता एउटा डुङ्गा समेत सञ्चालनमा छैनन् ।

फोहोर पानीका कारण तालमा झार झाँङ्गिएर चलाउन नमिलेपछि डुङगा सञ्चालनमा ल्याउन  अझै सकिएको छैन । बुलबुले घुम्न आउने पर्यटकलाइ सुनेभन्दा भिन्न लाग्ने गरेको पर्यटक अर्जुन लामिछाने बताउनु हुन्छ ।

समितिले कहिले आफैले त कहिले भाडामा दिइ बुलबुले उद्यानको संरक्षण, सम्वद्र्धन र संचालन गरेका कारण यस्तो अवस्था हुन पुगेको हो । स्थानीय जनताको चासो नहुनु, केन्द्र र स्थानीय सरकारले बेवास्ता गर्नुले पनि यस्को अस्तित्व नै लोप हुन खोजेको हो । आन्तरिक तथा वाह्य पर्यटकलाइ आकर्षण गर्न सरोकारवाला निकायले विभिन्न पूर्वाधारहरु निर्माण गर्नुपर्ने वुलवुले पुगेकी पर्यटक पुष्पा ज्ञवाली बताउनु हुन्छ ।

समितिले लुगा धुन, नुहाउन तथा खानेपानीबाट वार्षिक करिव चार लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ । प्रदेश नम्बर ६ को पर्यटकीय स्थलका रुपमा समेत रहेको वुलवुले ताललाइ समयमा नै संरक्षण र प्रर्वद्धन गर्ने हो भने यस क्षेत्रको आय स्तरलाइ बढाउन निकै सहयोगी सावित हुनेछ ।

 

LIVE TV