३ असार २०७३, शुक्रबार

फेल भन्ने शब्द नै नहुने र मेहेनत गर्नु नपर्ने वा सजिलै पास हुने मानसिकता बोकेर  एसएलसी परीक्षा दिएका विद्यार्थीहरु नतिजा प्रकाशित भएपछि निकै अन्यौलमा परेकाछन । ग्रेडिङ प्रणाली भित्रिएपछि  विद्यार्थीहरुमा विना मेहनत उच्च शिक्षा हासिल गर्न पाउने आशा बढेको थियो । तर ८२ वर्षे इतिहास बोकेको एसएलसी कै निरन्तरता जस्तै गे्रडिङ प्रणालीमा देखिएको छ । ग्रेडिङ पद्धतिलाई केही फरक र नँया मानिएपनि व्यवस्था भने उस्ताउस्तै देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसअन्र्तगत डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई पुरक परीक्षाको व्यवस्था गर्ने भन्दै परीक्षा साउन १४ गतेदेखिलाई तोकेको छ । पहिलेको एसएलसिमा डिस्टिङसन, फस्ट, सेकेण्ड र थर्ड डिभिजन र फेल गरी पाँच तहमा नामाकरण गरिएजस्तै अहिले विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरिएको हो ।

जसमा २ वटा विषय लाग्ने विद्यार्थी जसलाई फेल भन्छौ उनीहरुलाई पुरक परिक्षा दिने व्यवस्था रहेजस्तै यस प्रणालीमा पनि डि र ई ग्रेडका ०.०, ०.८ र १.२ अंक ल्याउने विद्यार्थीलाई पुरक परीक्षा लिने व्यवस्था गरिएको छ ।  आगामी शिक्षा हासिल गर्न जिपियस अंक १.६ ल्याउनै पर्नेछ । यस भन्दा कम अंक ल्याउने विद्यार्थीलाई फेल मान्न नहुने बरु कमजोर विद्यार्थी भनिनुपर्ने परिक्षा नियन्त्रण कार्यलयको जिकिर छ । फरक यतिमात्र हो पहिले एसएलसीमा फेल हुने विद्यार्थीलाई अब फेल भन्न नहुने बरु कमजोर विद्यार्थी भन्नुपर्ने परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीको जिकिर छ ।

नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार मात्र प्रकाशित भएको छ तर व्यवस्था भने पुरानैजस्तो छ । फेल नहुने भनिएपनि कमजोर भनिएका विद्यार्थीहरुले पढनै नपाउने वा फेरी सोही परिक्षा दिनुपर्ने भएपछि अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले असन्तुष्टी व्यतm गर्नुभयो ।

यता उच्च माध्यमिक परिषदले समेत ग्रेडिङ प्रणाली पहिलो पटक सुरु गरिएकाले परीक्षा दिनु अगाडि पर्याप्तमात्रामा शिक्षक तथा विद्यार्थीहरुलाई बुझाउन नसकिएको तर विस्तारै ग्रेडिङ पद्धतिले आफनो रुप लिने र मिल्दै जाने जनाएको छ ।

शर्माले एसएलसीलाई भने अब १२ कक्षामा लैजाने र कक्षा १० को परिक्षालाई क्षेत्रिय स्तरको बनाइने जानाकारी दिनुभयो । यसपटक परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका मध्ये डि र ई ग्रेडका कुल १ लाख ४७ हजार ५ सय ५ जना बिद्यार्थीले पुनः पुरक परीक्षा दिनुपर्ने भएको छ ।

 

LIVE TV