३ असार २०७३, शुक्रबार

फिल्म ’ड्रिम्स’बाट फिल्म क्षेत्रमा करीयर सुरु गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ’ए मेरो हजुर २’मा अनुबन्धित भएकी छिन् । सुनिल कुमार थापाको निर्माण रहने फिल्मका लागि नाजिर हुसेन तथा बुद्धि तामाङ्ग फाइनल भइसकेका छन्,भने हिरोको टुङ्गो हुन बाँकी रहेको छ ।

३ वर्ष अगाडी हङ्गकङ्गमा सम्पन्न नेफ्टा अवार्डमा ’ए मेरो हजुर २’ फिल्मको घोषणा गरिएको थियो । फिल्ममा यसअघि अनमोल हुने चर्चा चलेको भएपनि त्यसले मूर्तरूप लिन सकेन । अभिनेत्री झरना थापाको निर्देशकिय डेब्यू रहने फिल्म ’ए मेरो हजुर २’ साउन २० गतेदेखि फ्लोरमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV