३ असार २०७३, शुक्रबार

gajurel

कृषिमन्त्री हरिबोल गजुरेलले संविधान कार्यान्वयनको लागि सहमतीय सरकार आवश्यक रहेको बताउनु भएको छ । नेपाली कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार अपरिहार्य भएको बताउँदै उहाँले संविधानको कार्यान्वयनदेखि भुकम्प पीडितहरुको पीडामा मल्हम लगाउन कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका सदस्य समेत रहेका गजुरेलले सहमति बिना सरकार सञ्चालन र संविधान कार्यान्वयनमा अप्ठ्यारो परेको प्रष्ट पार्नुभयो । प्रेस सेन्टर लमजुङले सदरमुकाम बेसीशहरमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गजुरेलले संविधान कार्यान्वयनको लागि सहमतीय सरकार आवश्यक रहेको र माओवादी केन्द्र यसका लागि बाधक नबनेको प्रष्ट पार्नुभयो । सरकारमा कांग्रेस सहभागी हुनैपर्ने जिकिर गर्दै उहाँले कांग्रेससँग १ तिहाई मत रहेकाले कांग्रेस सहमतिमा नआउँदासम्म जटिलताको अन्त्य नहुने धारणा व्यक्त गर्नुभयो ।

सहमतीय सरकार नबन्दा क्रान्तिकारी भूमिसुधार कार्यक्रम समेत लागू गर्न नसकेको भन्दै मन्त्री गजुरेलले किसानलाई पेन्सन दिने विषयमा अर्थमन्त्री सकरात्मक भएको र यसलाई कार्यान्वनय गरेरै छाड्ने बताउनु भयो ।

LIVE TV