३ असार २०७३, शुक्रबार

pm new

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति छिमेकी मुलुक चीन सदैव अत्यन्त सहयोगी र सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल चीन समाजद्वारा प्रकाशित परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप नामक अंग्रेजी कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले चीनसँगको नेपालको मित्रता पारस्परिक लाभभन्दा पनि पारस्परिक सम्मानमा आधारित रहेको बताउनुभयो ।

उहाँले हालै आफूले गरेको चीन भ्रमणबाट दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको र नेपालले ठूला तथा विकसित मुलुकबाट निरन्तर सहयोग र सकारात्मक दृष्टिकोणको अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले श्रेष्ठको पुस्तकबाट दुई देशको बहुआयामिक सम्बन्धमाथि योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा श्रेष्ठको पुस्तक माथिको भीम विराग फाउन्डेसनद्वारा प्रकाशित समीक्षा फाउन्टेन अफ रिभ्युज अन सिक्स्टी इयर्स अफ डाइनामिक पार्टनरसिप नामक कृति पनि लोकार्पण गरियो । तुलसी थापाद्वारा सम्पादित पुस्तक श्रेष्ठको पुस्तकमा आधारित समीक्षात्मक कृति हो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत ऊ चुन्ताई, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेती, नेपाल चीन समाजका अध्यक्ष प्रेमकुमारी पन्तलगायतले किताब तथा दुई देशबीचको सम्बन्धका बारेमा समीक्षा गर्नुभयो ।

LIVE TV