३ असार २०७३, शुक्रबार

dhito-patra-board

नेपाल धितोपत्र बोर्डले शेयर लगानी सम्बन्धमा विवेकपूर्ण निर्णय लिन आम लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।

धितोपत्रको दोस्रो बजार सूचाकाङ्क तथा कारोवार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजार कारोवार प्रति आकर्षित भएको धितोपत्र बोर्डको ठम्याई छ ।

शुक्रबार धितोपत्र बोर्डले विज्ञप्ती जारी गर्दै पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यर्थाथ स्थिति अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारी बोर्डको रहेको जनाएको छ ।

साथै धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पादन÷वित्तीय स्थिति लगानीकर्ता स्वयंको जोखिम वहन गर्ने क्षमता आदिलाई हेरेर धितोपत्रमा लगानी गर्न सुझाव दिएको छ ।

हाल सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादन÷ वित्तीय स्थिति सामान्य स्तरमा तथा समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकाङ्क नेप्से इन्डेक्स निरन्तर रुपमा बढ्दै उच्च विन्दुमा आइसकेको छ ।

यसरी समग्र अर्थतन्त्र सामान्य रही नेप्से इन्डेक्स मात्र बढ्दै जाँदा बजारको जोखिम पनि उत्तिकै रुपमा उल्लेख्य रुपमा बढ्दै गइरहेको धितोपत्र बोर्डले बताएको छ ।

 

LIVE TV