३ असार २०७३, शुक्रबार

प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकारले देशलाई मुहार फेर्ने हैसियतमा पुर्याएको दावी गर्नुभएको छ ।

नेपाली जनता र दैनिक विदेशिने नेपाली युवाहरुको निराशालाई केही हदसम्म कम गरेको प्रधानमन्त्री ओलीको जिकीर छ ।

शुक्रवार पेशागत महासंघको छैटो राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री ओलीले संविधानमै उल्लेखित संक्रमण काल २०७४ सालभित्र टुङिगने घोषणा गर्नुभयो । संक्रमणकालको अन्त्यसँगै २०७५ सालवाट देशले विकास निर्माणको काममा झनै गति लिने प्रधानमन्त्री ओलीको कथन थियो ।

प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरेको वजेटको वारेमा टिप्पणी गर्ने ठाउँ नपाएपछि वितरणमुखि, आकारमा ठूलो, कार्यान्वयनमा समस्या लगायतका गैरजिम्मेवारपूर्ण टिप्पणी आउने गरेको वताउनुभयो । उहाँले वजेट कस्तो छ भन्ने हेर्न वजेटको कार्यान्वयनसँगै सवैको चित्त बुझ्ने दावी पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार विचारमा प्रष्ट, गन्तव्यमा झनै स्पष्ट र कार्यदिशाका सन्दर्भमा छलङर्ग रहेको वताउनुभयो । कुन परिस्थितिमा के कसरी गर्नुपर्ने हो सवै विचार पु¥याएर गर्ने वर्तमान सरकार विवेकी भएको प्रधानमन्त्री ओलीको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV