
प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय स्वार्थ र हीत अनुकुुल काम गर्न मातहतका सैनिक अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
विहीवार भूकम्प प्रभावित विभिन्न बाहिनी गण तथा अस्थायी आवास निर्माण स्थलहरुको निरीक्षण गर्ने क्रममा सिन्धुली स्थित ९ नम्वर वाहिनी पुग्नु भएका प्रधानसेनापति क्षेत्रीले स्थानीय प्रशासन, पुनर्निर्माण लगातका जनताका काम गर्न कुनै कसर नराख्न समेत निर्देशन दिनुभयो ।
विनाशकारी भूकम्पबाट बढी क्षति भएको ११ जिल्लामा स्थानीय भूकम्प पीडितहरुको बासस्थानको लागि सामूहिक आवास भवन पुनर्निर्माण गर्ने जिम्मेवारी पाए लगत्तै नेपाली सेनाले पुनर्निर्माणको कार्य तीब्र रुपमा जारी राखेको छ ।