
२००७ सालदेखि भएका थुप्रै आन्दोलन र संघर्षको बलमा बनेको नयाँ संविधान जोगाउन सकिएन भने देश फेरि भयानक भड्खालोमा फस्ने निश्चित छ ।
काठमाडौँ – कतिबेला सरकार ढल्ने खेल चल्ने हो ? कुनै ग्यारेण्टी छैन । राष्ट्रिय निकासका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा चलिरहेको छ । तर अब सरकार परिवर्तनको खेलभन्दा पनि संविधान कार्यान्वयनप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार भएर लाग्नु पर्छ । तोकिएको समयसीमा भित्रै निर्वाचन गर्नु ओली सरकारका लागि चुनौतिसँगै सुन्दर अवसर र अग्निपरीक्षा पनि हो । अरु राजनीतिक जोडघटाउको वहानामा संविधान कार्यान्वयनलाई ओझेल पार्नु हुँदैन । किनकि, २००७ सालदेखि भएका थुप्रै आन्दोलन र संघर्षको बलमा बनेको नयाँ संविधान जोगाउन सकिएन भने देश फेरि भयानक भड्खालोमा फस्ने निश्चित छ । राजनीतिक दलका नेताहरु देश र नागरिकप्रति सचेत र जिम्मेवार हुन आवश्यक छ ।
– हेर्नुहोस टिभी जर्नलिष्ट विमल नेपालको विश्लेषण