३ असार २०७३, शुक्रबार

slc re

एसएलसीमा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि परिक्षा नियन्त्रक कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको छ । एसएलसीमा डी र इ ग्रेड ल्याउने विद्यार्थीले साउनमा मौका परीक्षा दिन पाउने छन् ।

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको हो ।

दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३ सय २६ जना र आंशिकतर्फ ३९ हजार २ सय ५७ गरी जम्मा एक लाख ४७ हजार ५ सय ८३ जना रहेको कार्यालयले जनाएको छ । परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

LIVE TV