३ असार २०७३, शुक्रबार

काठमाडौ,फिल्म अभिनय,निर्माण,सम्पादन तथा निर्देशन सम्बन्धि कक्षा सञ्चालन गर्ने लक्ष्य बनाएर बानेश्वरस्थीत मिनभवनमा ‘एभरेष्ट फिल्म एकेडेमी’ नामक शैक्षीक संस्थाको स्थापना भएको छ । एकेडेमी प्राईभेट कम्पनिको रुपमा रहनेछ । एक वर्षे कक्षा शिक्षण दिने उद्देश्यले नाम चलेका अनि वरिष्ट फिल्मकर्मीहरुको सक्रियतामा उक्त एकेडेमी सञ्चालनमा आएको हो ।

vlcsnap-2016-06-17-11h15m01s380
प्रमुख अतिथीको रुपमा रहेको सञ्चार मन्त्री शेरधन राईले ‘एभरेष्ट फिल्म एकेडेमी’ लाई उद्घाटन गरका हुन् । यसै उद्घाटन् कार्यक्रमका बीच मन्त्री राइले ‘एभरेष्ट फिल्म एकेडेमी’टिमलाई सफलताको शुभकामना दिदै आफुले पनि सरकारी क्षेत्रबाट सक्दो सहयो गर्ने बताएका छन् ।
vlcsnap-2016-06-17-11h16m25s531
वरिष्ट कलाकार सुनिल थापा अध्यक्ष रहेको एकेडेमीको निर्देशकमा उज्जल घिमिरे छन्, भने कार्यकारी निर्देशकमा प्रकाश पुरी रहँदा अन्य टिम सदस्यमा जोत्सल राजभण्डारी र विशाल श्रेष्ठ छन् । कार्यक्रममा बोल्दै भर्ना फर्म खुला भएको आयोजकको तर्फबाट कार्यकारी निर्देशक प्रकाश पुरीले जानकारी गराए ।
vlcsnap-2016-06-17-11h15m44s981
विधार्थीहरुलाई लक्ष्मीनाथ शर्मा, उज्जल घिमिरे, प्रेम उपाध्याय, विश्व बस्नेत, रजनी पन्त, गौरी मल्ल, गंगाप्रसाद तिवारी, चन्द्र पन्त, रेनशा राई, टंक चौलागाईं, विष्णु कल्पित र दशरथ गिरीले आफ्नो आफ्नो क्षेत्रसँग जोडिएको विधामा कक्षा शिक्षण दिने भएकाछन् ।
फिल्मकर्मीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमा बोल्दै चलचित्र विकास वोर्ड अध्यक्ष राज कुमार राईले पुराना पुस्ताका अनि खारिएका फिल्मकर्मीहरुले आफ्नो अनुभवलाई गिफ्टको रुपमा नयाँ पिँढीलाई हस्तान्तरण गर्ने उद्देश्यले खोलिएको एकेडेमीलाई सफलताको शुभकामना दिए ।
पहिलो एक वर्षको रिजल्ट हेरेर सरकारी कलेज ओस्कारलाई जस्तै यो एकेडेमीलाई पनि विकास वोर्डले आवश्यक सहयोग गर्दै जाने राईले बताएका छन् । ’उद्देश्य राम्रो लिएर अघि बढ्दा साथ सबैको रहन्छ, फिल्म उद्योगको पक्षमा राम्रो कामको लागी सुरुवात हुने सबै काममा विकास वोर्ड सधैँ सँगसँगै रहनेछ’, राईले भने ।
vlcsnap-2016-06-17-11h16m13s256
त्यस्तै एकेडेमी अध्यक्ष सुनिल थापाले पैसा कमाउने उद्धेश्यले नभई सामाजिक कार्य स्वरुप एकेडेमी स्थापना गरेको बताए । थापाले युरोपको प्रतिच्छित विश्वविधालयसँग सम्बन्धन लिने विषयमा कुरा अघि बढेको समेत खुलाए ।
vlcsnap-2016-06-17-11h15m14s309
सरकारी स्तरबाट ओस्कार कलेजले फिल्म सम्बन्धि कक्षा चलाईरहेको समयमा प्राईभेट स्तरबाट एभरेष्ट एकेडेमी पनि सञ्चाललनमा आएको हो । एक बर्षे कक्षाको लागी ६० जना विधार्थीहरु अन्तर्वार्ता र अडिशनको आधारमा छनौेट हुनेछन् भने बर्षभरीको पढाई शुल्क १ लाख २० हजारको आसपास रहनेछ । ‘एभरेष्ट फिल्म एकेडेमी’मा निर्देशन, अभिनय, सिनेमाटोग्राफी तथा सम्पादन लगायतका क्षेत्रमा पढाईको मुख्य केन्द्र मानिएको छ ।

LIVE TV