३ असार २०७३, शुक्रबार

मुगु, मङ्गलबार राति मुगु गाविसको यार्सा पाइने हिमाली पाटन क्षेत्र छु गोल्डुङ्ग भन्ने स्थानमा हतियारसहित लुटपाट गर्न आएको डाँकाको समूहले आक्रमण गर्दा घाइते भएका यार्सा सङ्कलकको उद्धारमा गएको हेलिकप्टर प्रतिकूल मौसमका कारण उद्धार गर्न नसकी फर्किएको छ ।

बिहीबार बेलुकी ५ बजे घटनास्थलतर्फ उद्धारका लागि पठाइएको सिम्रिक एअरको हेलिकप्टर सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा बेस क्याम्प रहेको ठूलो कोइकी भन्ने स्थानमा पुगे पनि त्योभन्दा माथि हिमपात भइरहेकाले हेलिकप्टर घटनास्थल जान नसकी फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

yarsh

फर्किएको हेलिकप्टर बिहीबार साँझ नै हुम्लाको सिमीकोट गएको र शुक्रवार बिहान पुनः उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर पठाइने तयारी भइरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

मुगु गाविसबाट आठ घन्टा टाढा रहेको पूर्वी उत्तर क्षेत्रमा डाँकाले मङ्गलबार राति ११ बजे सङ्कलकका पालमा गएर लुटपाट मच्चाएको र त्यसक्रममा सङ्कलक सर्वसाधारणले प्रतिकार गर्न खोज्दा डाँका समुहले गोली चलाउँदा मुगु जिल्ला माँग्री–५ निवासी कार्मा आँग्याल लामाको मृत्यु भएको प्रहरी जनाएको थियो ।

LIVE TV