२ असार २०७३, बिहीबार

कतारमा हुने विश्वकप फुटबलको पूर्वाधार निर्माणमा ३५ सय नेपाली कामदार परिचालित

q2

अहिले विश्वभर युरो कप फुटबलको ज्वरो छ । त्यसमाथि कोपा अमेरिका कप फुटबलको ताप पनि थपिएको छ । एक हिसाबले भन्ने हो भने फुटबल प्रेमीहरुलाई भ्याइ नभ्याई छ । यही ज्वरोबीच खाडी मुलुक कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको सम्बन्ध भने नेपालीसंग नजानिदो हिसाबले गाँसिदो छ ।

कतार विश्वकपका लागि निर्माण भइरहेको पूर्वाधारमा नेपाली श्रमिकहरुको निरन्तरको श्रमलाई लिएर एम्नेष्टि इन्टरनेशनलले पनि विश्वको ध्यान तानिरहेको छ समय समयमा । तर नेपालीको पसिना वग्दो छ कतारको गर्मी र निर्माणाधीन रंगशालाहरुमा ।

म्याग्दी बरंजाका खड्ग पुर्जा कतारमा निर्माणधीन अवस्थामा रहेको खालिफा रंगशाला निर्माणका ब्यस्त छन् । म्याग्दीकै भगवती गाविसका बालकृष्ण खत्री मेट्रो रेल स्टेसन निर्माणमा काम गरिरहेका छन् । पुर्जा र खत्री प्रतिनिधिमुलक पात्र मात्रै हुन् । सन् २०२२ मा कतारमा आयोजना हुन लागेको विश्वकपका लागि आवश्यक पर्ने पुर्वाधारमा करिव ३५ सय नेपाली कामदार परिचालित छन् ।

चर्को गर्मीलाई समेत प्रवाह नगरी आफ्नो जिम्मेबारीलाई नेपाली कामदारले सहज रुपमै पूरा गरिरहेका छन् । विश्वकपका लागि आवश्यक पर्ने सबै पुर्वाधारमा नेपाली कामदारहरू परिचालित छन् । विश्वकपका लागि निर्माणाधीन पूर्वाधारमा सामान्य कामदार देखी इन्जिनियरसम्म नेपालीको प्रयोग भइरहेको छ । पुर्वाधार निर्माणको क्रममा धमाधम कामदार भित्राइएपनि सुविधा र नियमित तलव सहितको सुविधाका बारेमा लगातार गुनासो उठन पनि छोडेको छैन ।

अहिले कामदारले समस्या आएमा तत्कालै दुतावास, एनआरएन तथा कम्पनीलाई जानकारी गराउने गरेको निर्माणकार्यमा ब्यस्त रहेका नेपालीको भनाई छ । पुर्वाधार निर्माणमा नेपाल सार्क राष्ट्रका अन्य देशका कामदारको तुलनामा नेपालीको जिम्मेबारीलाई बढी विश्वास गर्ने गरिएको छ । नेपालीले समान्य काम देखी, डाईभर, साईट इन्र्चाज, हेभी इक्युमेन्टको चालक सहितका काम गरिरहेका छन् ।

कतारको सातवटा नगरपालिकामा रहेका १२ वटा रंगाशाला मध्ये ९ वटा नयाँ हुन् । ३ वटा पुरानोको मर्मत सम्भार भइरहेको छ । पुरानाको मर्मत सन् २०२० र नयाँ सन् २०२१ सम्म पुर्णरुपमा तयार गरी विश्वकपको तयारी पुरा भएको सन्देश विश्वभर पु¥याउने योजनामा कतार सरकार रहेको छ ।

एउटा दर्शकले एकदिनमा धेरै खेल हेर्न मिल्ने गरी करिव ५० किलोमिटरको दुरीमा निर्माण भइरहेका स्टेडियममा काम गरिरहेका नेपाली कामदारको अवस्थाका बारेमा बुझ्न कतारस्थित नेपाली दुतावास, श्रम मन्त्रालय सहितका निकायहरू समेत पुग्ने गर्दछन् । गैरआवासीय नेपाली संघ एनआरएन कतारको पहलमा कामदारको गुनासो सुन्ने गरी नेपाली दुतावाससंग सहकार्य गरिरहेको  छ । नेपाली मजदुरको समस्यालाई समाधान गर्न एनआरएनले मजदुर विभाग समेत बनाएको छ ।

 

LIVE TV