२ असार २०७३, बिहीबार

सत्य निरुपण तथा मेलमिलाप आयोगद्धारा उजुरीका लागि ३० दिनको म्याद थप

AAYOG

प्रर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्रीहरुको नाममा किटानी जाहेरी दिएको केही समय समय वित्न नपाउदै तत्कालिन माओबादी अध्यक्ष र शीर्ष नेताहरुका नाममा समेत उजुरी परेको छ । नेपाली काँग्रेसका नेता कुलबहादुर केबि गुरुङले विहीवार आयोगको केन्दीय कार्यालय ववरमहलमै पुगी आफ्नो जमिन कव्जा गर्नमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल दोषी रहेकोले न्याय पाउँ भनि उजुरी दार्ता गर्नुभएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरीका लागि ३० दिनको म्याद थप गरेको छ । आयोगले उजरीका लागि म्याद थप गरेसँगै अव द्धन्दका समयमा राज्य पक्ष र विद्रोही पक्षवाट पीडित भएकाहरुले आमामी साउन २ गतेसम्म उजुरी दिन सक्ने आयोगले जनाएको छ । आयोगमा उजुरीको संख्या हजारौकों संख्यामा हुँदा व्यक्तिलाई नै किटान गरी मुद्या दायर हुने क्रम वढेको छ ।

अर्की पीडित द्धन्दका समयमा आफ्ना पतिको हत्यामा तत्कालीन माओवादी नेतृत्व जिम्मेवार रहेको भनि उजुरी दिनुभएको छ । र उहाँ आयोगले न्याय दिलाउनेमा भने विश्वस्त देखिनुहुन्छ ।

पीडितहरुवाट उजुरी आव्हानको समय थप भइसकेको अवस्थामा अव आयोगले विज्ञहरुको छनौट गरी उनीहरुको सल्लाहमा मुद्याको काम कारवाही अगाडि वढाउने आयोगले जनाएको छ ।

आयोगले दिएको अन्तिम समयसीमासम्म हेर्दा उजुरीको संख्या ३४ हजार नाघिसकेको छ । अझै आयोगले उजुरीको म्याद थप गरेको अवस्था छ र उजुरी निश्चय पनि वढने निश्चित छ । आयोगले हजारौ मु्द्या अवको ७ महिनाको छोटो समयमा किनारा लगाउन सम्भावना नै नरहेको विज्ञहरु वताउँछन । अव आयोगले कस्तो गतिमा आफ्नो काम अगाडि वढाउँछ त्यसतर्फ भने सबैको चासो केन्द्रित भएको छ ।

 

LIVE TV