२ असार २०७३, बिहीबार

Bides-478x270

आफ्नो गाउँघर सुनसान पार्दै र उर्वर भूमिलाई बाँझो राख्दै गरिबीले पिल्सिएका नेपालीहरु विदेशिनु पर्ने नियति नै हो । कामदारहरुका लागि एक मात्र अवसरको केन्द्र बनेको बैदेशिक रोजगारमा जानेहरुको संख्या पछिल्लो समय ह्वात्तै घटेको छ ।

वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा गत वर्षको  तुलनामा यस वर्ष निकै कमी आएको छ । लाखौं रुपैया म्यानपावरमा खुवाएर खाडीमा पसिना बगाउन जाने नेपालीहरुलाई राहत दिलाउँने उदेश्यले सरकारले ल्याएको फ्रि भिषा र फ्रि टिकटको नीति उति उत्साहजनक देखिएन । बरु त्यसको सटटा रोजगारीमा जानेहरु स्वदेशमै बेरोजगार बनिरहेको तथ्य सार्वजनिक भएको छ ।

बैदेशिक रोजगार विभागले संस्थागत तर्फ आर्थिक वर्ष २०७०–७१ मा महिला र पुरुष गरी कुल ५ लाख १५ हजार ७६ जना रोजगारीमा गएका थिए । तर चालु आर्थिक वर्षको १० महिनामा कुल ३ लाख ५४ हजार ७ सय ६२ जना मात्र रोजगारीमा गएको जनाएको छ । तर व्यतिगत तर्फ बाहिरिने संख्यामा भने कुनै फरक नपरेको जनाएको छ । दुबै बर्षमा लगभग २ लाख ५० हजार जना व्यक्तिगत रुपमा बाहिरिएको बैदेशिक रोजगार विभागका कार्यकारी प्रमुख कृष्णप्रसाद दवाडीले जानाकारी दिनुभयो ।

फ्रि भिषा र फ्रि टिकटमा भएको बैदेशिक रोजगार व्यवसायी संघको एक महिने आन्दोलन र भुकम्पका कारण बिदेश जानेको संख्यामा उल्लेख्य कमी आएको सम्बन्धित निकायहरुको भनाइ छ । बाह्य मुलुकहरुमा जानेहरुको संख्यामा कमि आएको यो बर्ष मलेसिया जानेहरुको संख्यामा सबै भन्दा न्युन भएको छ । यो वर्ष मलेसिया जानेको संख्यामा २५ प्रतिशतले न्यून भएको दवाडीले जानाकारी दिनुभयो । मलेसिया सरकारले बाह्य बिदेशी कामदारमा कटौती गर्ने नीति लिएका कारण नेपालीहरुको माग घटेको हुन सक्ने उँहाको अनुमान छ ।

विभागका प्रमुख दवाडीले युरोपियन देशहरुबाहेक कतार, साउदी अरब लगायत खाडी मुलुक जानेहरुमा ८० प्रतिशत कामदार अदक्ष र सिकारु हुने गरेका छन् । यस्तो अवस्थामा खाडी मुलुक जाने अशिक्षित र अदक्ष कामदारहरुले अझ बढी जोखिम मोलेर काम गर्नुपर्ने अवस्था रहने सरोकारवलाहरु बताउँछन् ।

 

LIVE TV