२ असार २०७३, बिहीबार

plas

सस्तो तथा सहज उपलब्ध हुनाले पनि हरेक नेपालीको भान्सामा प्लास्टिकका भाँडाले स्थान पाइरहेको छ । तर प्लास्टिकजन्य भाँडाकुँडा मानव स्वास्थ्यका दृष्टिकोणले खतरनाक बन्दै गएको छ । प्लास्टिकको झोला, प्लास्टिकका भाँडा आदिमा हुने रसायनिक तत्वले मानव स्वास्थ्यमा गम्भीर खतरा बढिरहेको चिकित्सकहरुले बताएका छन्  ।

आजभोलि खाने, पिउने अधिकांश भाँडाकुँडा प्लास्टिककै प्रयोग हुने गरेको छ । त्यसैले प्लास्टिककै कपमा चिया र प्लास्टिककै भाँडामा खाना खाने पानि पिउने  चलन छ। खाना मात्र नभई अधिकांश मिठाई पनि प्लास्टिकका डिब्बामै दिने चलन छ। तर, यो मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको चिकित्सकहरुले बताएका छन ।

प्लास्टिकको कपमा चिया पिउने र प्लास्टिकको भाँडामा खानेकुरा वा कुनै पनि तातो पदार्थ खाँदा बीपीए (बिसफिनल ए) नामको रसायनिक तत्व निस्कने गर्दछ। जसले पुरुषलाई नपुंसक बनाउने गर्दछ ।यसले दिमागमा पनि प्रभाव पार्दछ । जसले गर्दा हृदयघातको खतरासमेत बढ्छ । क्यान्सर विशेषज्ञ अनुसार प्लास्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिस फिनाल ए (बीपीए) का पग्लन थाल्छ । त्यसको सेवनबाट लिभर क्यान्सरजस्ता घातक रोग उत्पन्न हुने गर्दछ ।

यसका साथै पेटको अधिकांश समस्याको करण पनि प्लास्टिकका भाँडाकुँडा भएको चिकित्सकहरु बताउछन् ।अझ प्लास्टिकको गिलाशमा चिया पिउनु त मन्द खतरानक बिष नै पिए जस्तो हो  ।  प्लास्टिकमा अत्यधिक मात्रामा औद्योगिक रसायन बिसफिनल ए, थाइलाइडस, अक्सिडिन र पोलिकार्बन पाइन्छ, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ । अहिलेका २० लिटर जाने पानीका जार यिनै पोलिकार्बोनेटेड केमिकलले बनेका छन्, जहाँ तातो वा चिसो पानी राखियो र खाइयो भने त्यो ज्यादै खतरनाक बन्न सक्छ ।

जब यस्ता प्लास्टिकजन्य भाँडाहरूमा कुनै न कुनै तरिकाबाट खानेकुरा राख्न प्रयोग गरिन्छ, तब यस्ता प्लास्टिकबाट यी रसायन खानामा पुग्छन् र यसले मानव स्वास्थ्यलाई गम्भीर हानि गर्छ । यसले शरीरमा एलर्जी हुनेदेखि जन्मने बच्चामा शारीरिक तथा मानसिक समस्या देखिनसक्छ । त्यसैले सकेसम्म प्लास्टिकको प्रयोग नगर्न र गरे पनि ज्यादै कमै प्रयोग गर्न विशेषज्ञहरुको सुझाब छ ।

 

LIVE TV