२ असार २०७३, बिहीबार

आगामी नोभेम्वरमा विश्वकै ठूलो थांकाको काठमाडौ, लुम्विनी र पोखरामा प्रदर्शन हुने भएको छ । नेपालको पर्यटन प्रवद्र्धन तथा विश्व शान्तिको कामना गर्दै थांका प्रदर्शनी हुने भएको हो ।

नेपाल जापानवीचको मित्रताको ६० औं वर्षगाँठको अवसरमा थांका प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । नेपाल वौद्ध धर्म संरक्षण समिति र एम टुवान नेटवर्क जापानको सहयोग तथा नेपाल टुरिज्म वोर्डको सहकार्यमा लुम्विनीवाट थांका प्रदर्शन हुनेछ । उक्त थांका वुद्धको जन्मभूमिमा राख्न पनि सरकारलाईं आयोजकले आग्रह गर्ने जनाएको छ । यसले मुलुकको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनीहरुको विश्वास छ ।

उक्त थान्काको लम्बाई ७० मिटर र चौडाई ५० मिटर रहेको छ । जसलाई राख्न ४ विगाहा क्षेत्रफल आवश्यक पर्छ । गौतम बुद्धको जीवनीमा आधारित १९ सय ५ किलो तौल रहेको विश्वकै ठूलो थान्का ८ वर्ष लगाएर १० हजार कलाकारहरुले निर्माण गरिएको आयोजकको दावी छ । जापानमा निर्माण सम्पन्न भएको उक्त थान्काको ८१ मध्ये ३ भाग नेपालमा बनेको थियो ।  वाँकी १५ वटा मुलुकहरुमा निर्माण भएको जनाएको छ ।

जापानी समूह एमटूवानले उक्त थांका नेपालमा राख्न स्वीकृति दिएको पनि जनाएको छ । बुद्ध जन्मेको देश नेपालमा विश्वको ध्यान आकर्षण गर्न तथा पर्यटन प्रवद्र्धनका लागि यसको महत्व रहने आयोजकको विश्वास छ ।

 

LIVE TV