२ असार २०७३, बिहीबार

pmm

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका जुनसुकै मुलुकमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहीवार बालुवाटारस्थित सरकारी निवासमा लुम्बिनी बौद्ध विश्वविद्यालयको सातौं सभा राखेर गुणस्तरका हिसाबले विश्वका जुनसुकै मुलुकमा पनि बिक्न सक्ने जनशक्ति  उत्पादन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले विश्वविद्यालयहरुले बेरोजगार उत्पादन गर्ने परम्परा अन्त्यका लागि गुणस्तरमा गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरुले प्रमाणपत्र वितरण गर्नेमा भन्दा विद्यार्थीलाई प्रतिष्पर्धी बनाउने र जीविका चलाउनका लागि सिर्जनशील बनाउनतिर ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयले आफूलाई बुद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउँनु भयो । उहाँले बुद्धको जन्मथलोमा बुद्ध सम्बन्धी जानकारी नहुनु उचित नहुने भन्दै बुद्धले दिन खोजेका सन्देशबारेमा विश्वविद्यालयले ठूलो समूहलाई शिक्षा दिनुपर्ने पनि प्रष्ट पार्नुभयो ।

LIVE TV