२ असार २०७३, बिहीबार

प्राप्तांकको आधारमा बिभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षदेखि परीक्षार्थीको प्राप्तांकको आधारमा ग्रेडिङ पद्धतिबाट नतिजा सार्वजनिक गरेको छ । यो वर्षदेखि एसएलसीमा कोही अनुत्तीर्ण नहुने व्यवस्था गरिएको हो ।

एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको  हो । जस अन्तर्गत प्राप्तांकको आधारमा विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिएको छ ।

९० देखि १०० प्रतिशत ल्याउने ए प्लस, ८० देखि ९० प्रतिशत ए, ७० देखि ८० प्रतिशत बी प्लस, ६० देखि ७० प्रतिशत बी, ५० देखि ६० प्रतिशत सी प्लस,४० देखि ५० प्रतिशत सी, ३० देखि ४० डी प्लस, २० देखि ३० डी र २० देखि  १० प्रतिशत ल्याउनेलाई इ अक्षराङ्कन दिइएको छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित भएको छ ।

यस वर्ष परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ एसएलस्मिा परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।

LIVE TV