२ असार २०७३, बिहीबार

pun china

काठमाडौँ, उपराष्ट्रपति नन्दबहादुर पुन चीनको सात दिवशीय भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्कनुभयो ।

युनान प्रान्तको राजधानी कुनमिङमा आयोजित चौथो चीन–दक्षिण एसिया मेला र २४औँ चीन कुनमिङ आयात निर्यात व्यापार मेलामा भाग लिएर उहाँ स्वदेश फर्कनुभएको हो ।

उपराष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभयो ।

उपराष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा उपप्रधानमन्त्री एवम् उपराष्ट्रपति कमल थापा, सूचना तथा सञ्चार मन्त्री शेरधन राई र गृहमन्त्री शक्तिबहादुर बस्नेत उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, उपराष्ट्रपतिको स्वागत गर्न मुख्य सचिव सोमलाल सुवेदी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपस्थित हुनुहुन्थ्यो ।

उपराष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । रासस

 

LIVE TV