२ असार २०७३, बिहीबार

२४ घण्टाभित्र राहदानी प्राप्त गर्न सकिने,संवैधानिक निकायहरु सम्बन्धि आयोग गठन गर्ने समयसीमा पनि निर्धारण

Singha-Darbar

सरकारले संविधान कार्यान्वयन सम्बन्धी कार्ययोजना पारित गरेको छ । बिभिन्न संवैधानिक निकायहरुसम्बन्धी आयोग गठन गर्ने समयसीमा पनि निर्धारण गरिएको छ ।

विहीवार बसेको मन्त्रिपरिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग लगायतका बिभिन्न संवैधानिक निकायहरुसम्बन्धी आयोग गठन समयसीमा तोकेको हो ।

त्यस्तै बैठकले यसै वर्षको कार्तिक महिनासम्म समय भएको संघीय आयोगको समय थप गरेको छ । मन्त्रिपरिषदको बैठकले स्थानीय निकायको निर्वाचन आगामी मंसिरमा गर्ने गरि त्यस सम्बन्धी कानुन निर्माण गरिने निर्णय पनि गरेको छ ।

त्यसैगरि, मन्त्रिपरिषदको बैठकले फास्ट ट्र्याकबाट राहदानी जारी सम्बन्धी कार्यबिधि पनि पारित गरेको छ । जस अन्तर्गत अव सेवाग्राहीले कम्तीमा २४ घण्टाभित्र राहदानी प्राप्त गर्न सक्ने भएका छन् । त्यस्तै, १० वर्षमुनिका बालबालिकाको राहदानी दस्तुर पनि घटाइएको छ ।

त्यस्तै, मन्त्रिपरिषदको बैठकले बिभिन्न देशहरुमा राजदूत नियुक्तिसम्बन्धी यस अघिको निर्णय अनुसार केही व्यक्तिहरुको जिम्मेवारी हेरफेर गरिएको छ । बैठकले सशस्त्र प्रहरीका अधिकृतहरुको बढुवासम्बन्धी निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV