२ असार २०७३, बिहीबार

bhume-nacha-photo

मगर समुदायको प्रमुख चाड भुमे पर्ब दाङ्ग सहित मगर समुदायको बाहुल्यता रहेको रोल्पाको थबाङ तथा रुकुमको तकसेरा लगायतका स्थानहरुमा मनाउन आरम्भ गरिएको छ । मगर समुदायले असारको पहिलो साताभर भूमिको पुजा गरी नाचगान गरेर यो पर्व मनाउने गर्छन ।

रोल्पा रुकुमबाट दाङ झरेका मगर समुदायले नेपाल मगर संघ दाङको संयोजनमा बल पूजा गरी भूमि पर्ब मनाउन सुरु गरेका छन् । उनीहरुले यस पर्बलाई सास्कृतिक जगेर्नाका रुपमा मनाउन थालिएको बताएका छन् । हिउदे बाली भित्र्याई सकेर बर्षे बाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन र सबै फसल राम्रो होस भन्ने कामनाका साथ मगर समुदायमा असारे संक्रान्तिदेखि साताभर भुमि पूजा गर्ने चलन रहेको मगर समुदायका अगुवाहरु बताउछन् ।

भूमि पूजाको अवसरमा देबतालाई बलि दिने, देवस्थानहरुमा गएर नाचगान गर्ने र थकाई मार्ने परम्परा रहिआएको अगुवाहरुको भनाई छ । मगर समुदायले यो पर्बलाई नयाँ बर्षको रुपमा समेत मनाउने गरेका छन् । यस अवसरमा गाउँको अगुवा चुन्ने र विधि विधान बनाउने चलन समेत रही आएको छ ।

घोराहीमा सुरु भएको भूमे महोत्सवमा मगर समुदायका महिला पुरुष तथा बालबालिका मगर पोषाकमा सजिएर नाचगान गर्न थालेका छन् । भुमे पर्वमा टाढा टाढा गएका दाजुभाई समेत घरमा जम्मा भई रहमाईलो गर्ने परम्परा छ ।

 

LIVE TV