२ असार २०७३, बिहीबार

दाङका ४ स्थानमा एनसेल टावर आगजनी गरी क्षति पु¥याएको आरोपमा पक्राउ परेका ४ जनामाथि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको छ ।

गत जेठ २८ र २९ गते राति दाङको लमहीको नर्ति,लक्ष्मीपुरको चौपट्टा,तुलसीपुरको डाँडा खुट्टी र धनौरीको रगैजामा आगजनी गरि क्षति पु¥याएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई दुरसञ्चार ऐन अन्तर्गत आगजनी महल अन्तर्गत आबश्यक कारर्बाही शुरु गरिएको दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

जिल्लामा ७० वटा एनसीएल टावर मध्ये ४ वटामा क्षति पुगेको र बाँकी टावरको सुरक्षाका लागि सशस्त्र प्रहरी सहित नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती खटाईएको एसपी सिहले बताउनुभयो ।

टावरमा क्षति पुगेपछि आफूहरुलाई समस्या भएको धनौरीका सन्तोष केसी र रत्नबहादुर भण्डारीले बताउनुभयो । एनसेल सेवा गाँउघरमा राम्रो भएको तर टावरमा क्षति पुगेका कारण केहीदिन देखि समस्या आएको भन्दै तत्काल टावरको सुरक्षा दिन र मर्मत गर्न उनीहरुको माग छ ।

LIVE TV