
कर्णालीका जिल्लाहरुमा महँगो भाडाको समस्या देखाउँदै अहिलेसम्म खाद्यान्न ढुवानी गरिएको छैन ।
अब बर्षातको महिना पनि सुरु भएकोले भदौंसम्म खाद्यान्न ढुवानी हुन सक्ने भदौंपछि ढुवानी सुरु हुँदा दशैंसम्म कर्णालीका जिल्लामा खाद्यान्न पु¥याउन कठिन हुने नेपाल खाद्य संस्थानले जनाएको छ ।
नेपाल खाद्य संस्थानले कर्णालीका प्रायजसो जिल्लाहरुमा बाटो पुग्न नसकेको कारण ती क्षेत्रहरुमा ढुवानीका लागि खच्चड तथा भेडालाई साधनकोरुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।
खाद्यान्न अभाव भएपछि हेलिकोप्टर लगायतका साधन प्रयोग गर्दा कमिशन पाइने लोभले समेत समयमा खाद्यान्न ढुवानी हुनसक्ने संस्थाले बताएको । एक महिना अगाडि खाद्यान्न संस्थानले कर्णालीका जिल्लाहरुमा सो चामलको ढुवानी सुरु गरेको थियो । हालसम्म चार हजार २६ क्विन्टल चामल मात्र ढुवानी भएको छ ।
गत आर्थिक वर्षमा आपूर्ति मन्त्रालयले कर्णालीका जिल्लाहरुमा थप चामल ढुवानीका लागि दस करोड २३ लाख ८२ हजार ढुवानी खर्च स्वीकृत गरेको थियो । तर प्रस्ताव गरेको ढुवानी खर्च भन्दा ३५ प्रतिशतले महंगो भएको कारण ढुवानीमा समस्या देखापरेको खाद्य संस्थानले जनाएको छ ।
कर्णालीका जिल्ला खाद्य व्यवस्था समितिले पठाएको रिपोर्टको अनुसार जुम्ला बाहेकका जिल्लामा एक वर्षको खाद्यान्न माग करिब एक लाख ७२ हजार क्विन्टल छ । तर संस्थानले जुम्ला बाहेकका जिल्लामा वितरण गर्ने नियमित कोटाको खाद्यान्न करिब ६० हजार क्विन्टल मात्रै छ ।