
झिल्के डन… बोलको लोक गीत सार्वजनीक भएको छ । पछिल्लो समयका श्रोताहरुलाई मध्यनजर गर्दै लोक गीतलाई माया गर्ने दर्शकहरुको लागी उक्त म्युजिक भिडियो सहितको गीत सार्वजनीक भएको हो । उक्त गीतको शब्द तथा संगीत गीतकार तथा गायक मनिष खड्काको रहेको छ ।
सार्वजनीक गरीएको झिल्के डन..बोलको लोक गीतमा मनिष,रीना,बिषाल, र रश्मीले फिचरीङ गरेका छन् । गीत पुर्ण रुपमा मनोरञ्जनात्मक कमेडीमा रहेको छ । साथै उक्त गीतको भिडियोमा कलाकारहरुले पनि आफ्नो भुमिकालाई न्याय गरेका छन् ।
झिल्के डन..बोलको गीतमा मनिष खड्का र सिर्जु अधिकारीले स्वर बद्ध गरेका छन् । सिर्जु अधिकारी गायिका मात्र नभएर नायिका तथा मोडल पनि रहेकी छिन् । उनले फिल्मका साथै दर्जन भन्दा बढि गीतहरुमा मोडलीङ पनि गरीसकेकी छिन् ।
उनि सबै प्रकारको गीतहरु गाउन रुचाउछिन् । साथै उनले आफुलाई मोडल भन्दा पनि बढि गायिकाको रुपमा चिनाउन चाहन्छिन् । उनि लोक गीत बाट नै गायन क्षेत्रमा पाईला टेकेकी बताउँदै आगामी दिनहरुमा पनि उनले लोक गीतलाई पहिलो प्राथमिकतामा राख्दै संगीत क्षेत्रलाई नै निरन्तरता दिने पनि बताउँछिन् ।