२ असार २०७३, बिहीबार

पूनम इन्टरटेन्मेन्ट र पपुलर मिडियाको प्रस्तुतीमा तयार पारीएको शर्ट मुभि ‘ओ माई म्यान’ को राजधानीमा विशेष शो सम्पन्न भएको छ । उक्त शर्ट मुभि ‘ओ माई म्यान’ हेर्नका लागी विभिन्न कलाकार,फिल्मकर्मी, पत्रकार र विभिन्न क्षेत्रका ब्यत्तिहरुले बाक्लो उपस्थिती जनाएका थिए । ‘ओ माई म्यान’शर्ट मुभिलाई सुशिल पौडेलले लेखेका हुन् भने चन्द्र लामीछानेले निर्देशन गरेका हुन् ।

vlcsnap-2016-06-16-13h37m42s646
मानिस जब केही कुराले आश्चर्यमा पर्छ, उसको मुखबाट ‘ओ माई गड’ भन्ने शब्द निस्कन्छ,त्यस्तै, भगवान् मान्छेसँग नै छक्क परे भने के भन्लान् त ? यस्तै कथामा बनेको छ ‘ओ माई म्यान’ शर्ट मुभि । फिल्मको कथावस्तुमा भगवानलाई नै झुक्याउने आधुनिक मानिसको कथा छ । पर(पुरुषसँग सल्किएकी एक महिलाले ‘काल भैरव’लाई नै कसरि झुक्याइन् भन्ने कथा नै यसको बिषय हो ।

vlcsnap-2016-06-16-13h43m00s881
फिल्मलाई पूनम गौतम र शक्तिवल्लभ घोरासैनीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा लक्ष्मी गिरी, रमा थपलिया, स्वस्तिका राजभण्डारी, शम्भु थापा, गणेश ढकालको साथमा बाल(कलाकार कुशाग्र भट्टराई मुख्य भूमिकामा छन् । यस शर्ट मुभि हेरीकेपछि सबैले यसको प्रस्तुती र कथालाई प्रशंसा गरेका छन् । बिषेश गरी ओ माइ म्यान  विभिन्न फिल्म फेष्टिबलको लागी निर्माण गरीएको फिल्मको निर्माण पक्षले बताएका छन् ।

LIVE TV