१ असार २०७३, बुधबार
  • यादव देवकोटा

नेपाली पत्रकारिताको कान्छो सदस्य हो अनलाइन पत्रकारिता । जहाँ पनि जतिखेर पनि खोलेर हेर्न र पढ्न सकिने भएको कारण पनि यस्को लोकप्रियता चुलिदो छ । तर कान्छो सदस्य भएकै कारणले पनि होला अनलाइन पत्रकारिता बढी पुलपुलिन पनि थालेको छ ।

केही व्यक्तिहरुले कोठा भित्रबाट सञ्चालन गर्ने गरेको कारण पनि यस्मा विकृति बढ्दो छ , जुन अनलाइन पत्रकारिताका लागि नै घातक सावित हुने देखिन्छ । कोठे अनलाइनका कारण अनुगमन गर्ने आधिकारिक निकायहरु पनि अलमलमा छन् ।
पत्रकारितामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौती दिन सक्षम भइसकेको छ । सञ्चार क्षेत्रमा प्रविधिका कारण द्रुतता बढेकोछ, त्यससँगै तिनलाई नियमन गर्न र पत्रकारिताको वास्तविक धर्मलाई च्युत हुन नदिन विश्वभरका मुलुकहरूमा सञ्चार सम्बन्धी ऐन र कानुन निमार्ण, त्यसको कार्यान्वयनमा जोड दिइँदै आइएको छ ।

तथापि, इन्टरनेट र अइलाइन जमानामा जन्मिएका इपोर्टलहरू (अनलाइन मिडिया), जसलाई विद्युतीय सञ्चार माध्यमका रूपमा वर्गीकरण गरिएको छ, ती मध्ये कतिपयले भने आज जनतामा वास्तविक सूचना दिने भन्दा पनि सत्यतथ्यलाई मोडेर अनाहकका प्रचार गर्ने र समाजमा आतंक र वैमनश्यता सिर्जना गर्ने शैलीमा पेश हुन थालेको पनि प्रष्ट देखिएको छ । युगौंदेखिको पत्रकारिताको गुण र विश्वसनीयतामाथि एकाध अनलाइन मिडिका कारण प्रश्नचिह्न उठेको छ, र यो निक्कै नै गम्भीर विषय हो । यता अनुगमन गर्नु पर्ने निकाय अर्थात नेपाल प्रेस काउन्सिल भने अनलाइनहरुलाई कसरी नियालिरहेको छ त ?

हुन पनि अनलाइन मिडियालाई स्वीकार गर्ने प्रयासको फड्को स्वरुप बल्ल आएर अनलाइन सञ्चारमाध्यमहरुलाई व्यवस्थित गर्ने सम्बन्धी निर्दे्शिका–२०७३’ पारित गरिएको छ । हाल नेपालका लगभग ३ सय ३० ओटा अनलाइन विधिवत रुपमा दर्ता भएर संचालनमा रहेपनि बिनादर्ता सञ्चालनमा रहेका पनि उत्तिकै छन् । एउटा कम्प्युटरमा सारा विश्व अट्छ भन्ने सकारात्मक सोंच र विकासलाई विकृतिमा लगेर जोड्ने प्रवृतिको विकासमा अनलाइनहरु लागेपछि उत्पन्न अप्ठ्यारोको निराकरणका लागि व्यक्ति नै सचेत हुनुपर्छ , कानूनले अहिले नै त्यहाँसम्म पहुँच बनाउन सकेको पनि छैन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV