३२ जेष्ठ २०७३, मंगलवार

pm air

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउसो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आकस्मिक निरीक्षण गर्नुभएको छ ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार साझ ८:४५ बजे प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीस“ग’को गत हप्ताको कार्यक्रममा एकजना दर्शकले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि प्रधानमन्त्रीले आज आकस्मिक निरीक्षण गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिनु भएको छ ।

दिउसो करिव २ बजे विमानस्थल निरीक्षणमा पुग्नुभएका प्रधानमन्त्रीले विमानस्थलको प्रतिक्षालय लगायतका विभिन्न विभागहरुको निरीक्षण गर्नुभएको छ ।  विमानस्थलको निरीक्षणपछि  प्रधानमन्त्रीले प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउ“मा भएको भीडलाई कम गर्न शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिनुभएको छ ।

साथै प्रधानमन्त्रीले विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाचमा कडाई गर्न पनि सरोकारवाला पक्षलाई निर्देशन दिनुभएको छ । यस सम्बन्धी थप जानकारी आगामी शनिबारको ‘सिधा कुरा प्रधानमन्त्री’सग कार्यक्रममा प्रसारण गरिने छ ।

प्रधानमन्त्रीस“ग अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत विमानस्थल जानु भएको थियो ।

LIVE TV