३२ जेष्ठ २०७३, मंगलवार

द्वन्द्धको क्रममा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट मानव अधिकारको उल्लंघनका घटनाहरुमा इलाममा हालसम्म ४ सय ८१ उजुरी दर्ता भएका छन् ।  पीडित व्यक्ति तथा परिवारहरुले स्थानीय शान्ति समिति इलाम मार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता गराएको उजुरीलाई भने स्थानीयवासीले उत्साजनक नभएको बताएका छन् ।

स्थानीय शान्ति समितिको कार्यालयमा रहेको द्वन्द्व पीडित लगत संकलन र द्वन्द्व पीडित कार्यालयको प्रतिवेनको तथ्याङकमा इलाममा ५ हजार ६ सय ६४ जना द्वन्द्व पीडित रहेका उल्लेख छ ।  इलामको दर्ता भएको  उजुरीलाई हेर्ने हो भने उजुरी दर्ता गराउनेको संख्य न्युन देखिन्छ ।

कतिपयले त उजुरी दर्ता हुँदै छ भन्ने कुरा पनि थहा नपाएर दर्ता गर्न आएका छैनन् । इलाममा यस अघि संकलन भएको उजुरीमा दर्ता गरिसकेपछि फेरी गराउनु नपर्ने भ्रमले पनि कतिपय उजुरी दर्ता गर्न आएका छैनन् । ग्रामीण क्षेत्रमा रहेका पीडितहरु खेतीको समय भएकोले पनि उजुरी दर्ता गराउन आउन नसकेको पीडितहरु बताउछन् ।

इलाममा द्धन्द्धकालीन समयमा राज्य र बिद्रोही दुवै पक्षबाट पीडित हुनेको संख्या धेरै छ । अझ कतिपय वेपत्ता रहेका छन् भने अंगभङ्ग भएर शारीरिक अपांगता हुनेहरुको संख्यामा पनि ठूलो छ । इलाममा राज्य पक्षबाट भन्दा पनि विद्रही पक्षबाट पीडामा पर्ने संख्या धेरै भएको बताइएको छ ।

तर उजुरी हेर्ने हो भने राज्यपक्षले दिएको पीडामाथिको उजुरी धेरै छन् । स्थानीय शान्ति समितिका सचिव डिकेन्द्र इन्डिगोे समय अवधि छोटो भएकोले पनि सम्पूर्ण द्वन्द्व पीडितहरुले उजुरी दर्ता गराउन नसकेको र समय अवधि वढाएर सवै  द्वन्द्व पीडितको उजुरी दर्ता गराउन आवश्यक भएको बताउनु हुन्छ ।

यस्तै स्थानिय शान्ति समितिका पूर्व संयोजक भक्त केसीका अनुसार इलाममा द्वन्द्व पीडित धेरै रहेपनि अपेक्षा गरे अनुरुपको उजुरी नआएको बताउनु हुन्छ ।

द्धन्द्धको समयमा इलाममा मृत्यु भएका मध्ये ७८ जनाको विषयमा मात्र छानविन गर्न माग गर्दै उजुरी परेका छन् भने शारीरिक तथा मानसिक यातना सम्बन्धि २ सय २८ उजुरी दर्ता भएका छन् ।

 

 

 

LIVE TV