३२ जेष्ठ २०७३, मंगलवार

पूर्वाञ्चाल विश्व विद्यालयबाट मान्यता प्राप्त अल्का अस्पताल जावलाखेलद्धारा सञ्चालित हात्तीवन स्थित एम्स कलेजले सरकारले निर्धारण गरेको सामान्य मापदण्डसमेत पूरा गरेको छैन ।

नर्सिङ परिषद्को मापदण्ड अनुसार ३ जना बिरामी बराबर एक जना नर्स हुनु पर्नेमा एम्स कलेजमा अध्यनरत बिद्यार्थीको प्राक्टिकल दाबी मै सीमित छ । विना पूर्वाधार पढाइएका यस्ता कलेजले उत्पादन गरेको जनशक्तिबाट स्वास्थ्य क्षेत्रको भविष्य थप भयावह बन्ने सरोकारवालाहरुको चिन्ता छ । यो सर्वसाधारणको स्वास्थमाथिकै खेलवाड भएको उनीहरुको तर्क छ ।

नर्सिङ शिक्षामा विद्यार्थीको बढ्दो आकर्षणसँगै कलजेहरु सेवामुखी भन्दा व्यापारमुखी बनिदिदा उनीहरुले दिने शिक्षाको गुणस्तरमै प्रश्नचिन्ह उठेको छ । आफ्नै अस्पताल भएका कतिपय नर्सिङ कलेजका समेत कक्षा कोठा, ल्याब, लाइब्रेरी मापदण्डअनुसार छैन  ।

नर्सिङ विश्वविद्यालयले नर्सिङमा २० कोटा तोके पनि उपत्यकाका निजी नर्सिङ कलेजहरुले जथाभावी रुपमा कोटा भन्दा बढी विद्यार्थी भर्ना गरी विद्यार्थीको भविष्य अन्योलमा पार्ने गरेका छन् । अल्का अस्पतालबाट संचालित नर्सिङ कलेज एम्स नर्सिङ कलेज हात्तीवनलाई ३ बिरामी बराबर एक नर्स नहुँदा विद्यार्थीको प्राक्टिकल फितलो भएको भन्दै यस अघि १ बर्ष अगाडि नै पत्राचार गरिसकेको नर्सिङ परिसदको भनाइ छ ।

पैसा र पहुँच को भरमा मापदण्ड पुरा नगरी संचालनमा रहेका नर्सिङ कलेजलाइ छिट्टै कारबाहीको दयारामा ल्याउने नर्सिङ परिषदको भनाइ छ ।

नर्सिङ कलेज को आफ्नै अस्पताल भएर मात्र त्यो पूर्ण रुपमा मापदण्ड पुरा गरेको ठहरिंदै अल्का अस्पतालले संचालन गरेको एम्स नर्सिङ कलेजमा अध्यन गर्ने बिद्यार्थीले प्राक्टिकलमा धेरै समस्या झेल्दै आएका छन् । अल्का अस्पतालद्धारा संचालित एम्स नर्सिङ कलेजले १ नर्स बराबर ३ बिरामी हुनु पर्ने मापदण्ड लत्याउदा बिद्यार्थीको शिक्षा गुणस्तर नहुन सक्छ र बिद्यार्थीले पर्याप्ट अभ्यास गर्न नपाउंदा भविष्यमा उनीहरुले दिने स्वास्थ्य सेवाले विरामीको ज्यान समेत जान सक्छ त्यसैले यस्ता कलेजलाई कारबाहीको दायरामा ल्याउन ढिला भैसकेको छ ।

नेपालमा खोलिएका अधिकांश नर्सिङ कलेजहरु सेवामुखी भन्दा व्यापारमुखी बन्ने होडबाजीमा लाग्दा विद्यार्थी,तिनका अभिभावक र उनीहरुबाट सेवा लिने विरामीहरुसम्म प्रभावित बनेका छन् । यो स्वास्थ्य क्षेत्रकै लागि गम्भीर खेलवाड भएकोले  यस्ता नर्सिङ कलेजहरुलाई अविलम्ब नियमनको दायरामा ल्याउँन ढिलाइ गर्नु हुँदैन ।

 

LIVE TV