३२ जेष्ठ २०७३, मंगलवार

blood

पछिल्लो समयमा चिकित्सा क्षेत्रमा भएको विकास र बढ्दो दुर्घट्नाका कारण रगतको माग उच्च हुँदै गएको छ । यो अभाव पूर्ति गर्न संस्थागत र व्यक्तिगत रुपमा रक्तदान गर्ने रक्तदाताहरुको संख्या पनि बढ्दो छ ।

रक्तदान महादान भन्ने मर्मले व्यापकता पाएसँगै रक्तदान गर्नु चिकित्साकीय संस्कृति जस्तै बनेको छ । तर विडम्वना नेपालमा भने त्यसरी दाताहरुले दान गरेका रगतहरु सुरक्षित रुपमा भण्डारण गर्न नसक्दा त्यसै खेर फाल्नुपर्ने अवस्था छ ।

एक थोपा रगतले कसैको जीवन बचाँउन सक्दछ भने यसको अभावमा अकालमै ज्यान पनि जान सक्ने जोखिम रहन्छ । यही कुरालाई आत्मसात गर्दै नेपाल सरकारले रगत संकलन र यसको व्यवस्थापनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीको मातहात रहने गरि रक्त सञ्चार केन्द्र अर्थात ब्लड बैंकको स्थापना गरेको छ । केन्द्रले रक्तदाताहरुबाट रगत संकलन गरि भण्डारण र वितरणको कार्य गर्दै आएको छ । त्यसैले हरेक दिन रक्तसञ्चार केन्द्रमा रगत माग्न आउँनेको घुइँचो नै लाग्ने गर्दछ । तर त्यसरी अनेक आशा बोकेर केन्द्रमा धाउँन पुगेका कतिपय भने रित्तै फर्कनुपर्ने अवस्था छ ।

रक्त सञ्चार केन्द्रको कमजोर व्यवस्थापनका कारण यस्तो अवस्था आएको नेपाल स्वयंसेवी रतmदाता समाजको आरोप छ । रगतको व्यवस्थापनमा केन्द्रले पुरै वेवास्ता गरेको उसको आरोप छ । रगतदानबाट हजारौ दाताहरुबाट रगत जम्मा गरिरहेको केन्द्रले रगतको सुरक्षित भण्डारण गर्न नसकिरहेको अध्यक्ष कर्मचार्यको दाबी छ । यसले गर्दा सधैं रगतको अभाव भैरहेको उहाँ बताउँनुहुन्छ ।

यता रक्त सञ्चार केन्द्रले भने रगतको कुनै अभाव नभएको दाबी गरेको छ । केन्द्रसँग अहिले ३ हजार पिन्टसम्म रगत संचय गर्न सकिने क्षमता रहेको बताउँदै उसले अहिले देशभरबाट सात सय पिन्टसम्म रगत संकलन भैरहेको जनाएको छ । तर दैनिक खपत भने चारदेखि पाँच सय पिन्टसम्म हुने गरेको रक्त सञ्चार केन्द्रले जनाएको छ । त्यसैले रगतको अभाव नभएको प्रष्ट पार्दै केन्द्रले रगतको संरक्षणमा  भने आवश्यक व्यवस्थापन गर्न नसकिएको स्वीकारेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव पदमबहादुर चन्दले पनि यसतर्फ सरकारको आवश्यक ध्यान नगएको स्वीकार गर्नुभयो । उँहाले आगामी दिनमा रगत संचय र संरक्षणमा बिशेष ध्यान दिइने बताउनुभयो ।

रतmदान नै जीवनदान हो भन्ने नारा जो कोहीले पनि सुनेकै हुनुपर्दछ,यो वास्तविकता पनि हो । तर दाताले अरु कसैको जीवन बचाउँन भनी आफ्नो शरीरबाट निकालेर दिएको रगतको सहि सदुपयोग हुन नसक्नु जति दुखद विषय अरु के हुन सक्छ र ? यसतर्फ सरोकारवाला निकाय अब त गम्भीर हुनैपर्छ ।

 

LIVE TV