
युरो कपको जारी संस्करणमा सर्वाधिक तारिफ र आश गरिएका क्रिष्टियानो रोनाल्डोको परीक्षा आज राति हुँदैछ । हुन पनि पछिल्ला खेलहरुको मुल्यांकन गर्दा रोनाल्डो वास्तवमा असली नायक मानिएका छन् । आज रातिको दोश्रो खेलमा पोर्चुगल कमजोर मानिएको आइसल्याण्डसंग उत्रदा सबैको नजर रोनाल्डोमा पर्दा पहिलो खेलमा अष्ट्रिय हंगेरीविरुद्ध आमने सामने हुँदैछ ।
फ्रान्समा जारी युरोकप २०१६ अन्र्तगत आज पाचौ दिन समूह एफका दुई खेलहरु हुदैछन् । पहिलो खेल अष्ट्रिया र हगेरिवीच हुनेछ । यस्तै दोस्रो खेलमा भने पोर्चुगल र आईसल्याण्ड भिड्नेछन् । बोर्डिएक्स शहरस्थित स्टाडे बोर्डिएक्सको माट्मुट एट्लान्टिकिउ स्टेडियममा हुने अष्ट्रिया र हगेरीवीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ । अष्ट्रिया र हंगेरी अहिलेसम्म सवै खालका प्रतियोगितामा गरेर एक सय ३७ पटक आमने सामने भएका छन् । जसमा ६६ पटक हंगेरीले र ४० पटक अष्ट्रियाले जितेका थिए । यी दुईले ३१ पटक बराबरीमा खेलेका छन् ।
तर अष्ट्रिया र हगेरी अहिले सम्म प्रमुख प्रतियोगीताहरुमा भने चार पटक आमनेसामने भएका छन् जसमा हँगेरीले तीन पटक जितेको थियो भने अष्ट्रियाले मात्र एक पटक जितेको छ । सन् १९०२ भएको औपचारिक खेलमा हंगेरिले अष्ट्रियालाई विशाल गोल अन्तरले पराजित गरेको थियो । सन् १९३४ को विश्वकपको क्वाटरफाईनलमा अष्ट्रियाले हगेरिलाई दुई एकले हराएको थियो । सन् १९८६ को विश्वकपको क्वालिफाईङ म्याचमा भएको दुवै खेलमा अष्ट्रियाले जित हासिल गरको थियो । त्यस्तै सन् २००६ मा भएको मैत्रिपुर्ण खेलमा भने हगेरिले दुई एक गोलले जितेका थिए ।
त्यस्तै आजनै हुने दोस्रो खेलमा पोर्चुगल र आईसल्याण्ड पनि भिड्दैछन् । यी दुईको खेल नेपाली समय अनुसार पौने एक बजे सेन्ट ईटिन्नेस्थित स्टाडे विओफ्रो गुईचार्ड स्टेडियममा हुनेछ । अर्को खेलको प्रतिद्धन्द्धी आइसल्याण्ड र पोर्चुगल यसअघि मात्र दुई पटक आमने समाने भएका छन् । जसमा दुवै पटक ठूलो गोलअन्तरमा पोर्चुगलले जीत हासिल गरेको छ ।
सन् २०१२ युरोको छनौट चरणका दुई खेलमा भेट भएयता यी दुई टोली पहिलो पटक खेल्दैछन् । छनौट चरणमा समूह ए को उपबिजेता बन्दै प्रतियोगिताको लागि छनौट भएको आइसल्याण्डले पछिल्लो १० खेलमा प्रदर्शन राम्रो गरेको छैन । आइसल्याण्डले पछिल्लो १० मध्ये ३ खेलमा मात्र जीत हासिल गरेको छ भने रोनाल्डो प्रेरित पोर्चुगल १० खेलमा ३ खेलमा मात्र पराजित भएको छ