३२ जेष्ठ २०७३, मंगलवार

ncell

एनसेलको स्वामित्वमा भएको परिवर्तन पश्चात पूजिँगत लाभकरका विषयमा विभिन्न चर्चा हुँदै आएको छ । यो मुद्यालाई यथार्तमा आधारित रहेर नेपालको कानुन अनुसार नै हल गर्नुपर्नेमा दृढ रहेको एनसेलले बताउँदै आएको छ ।

एनसेलमा ८० प्रतिशत लगानी विदेशी कम्पनी रेनोल्डस् होल्डिङस्को र २० प्रतिशत लगानी विदेशी कम्पनी निरज गोविन्द श्रेष्ठको थियो । युरोपियन कम्पनी टेलियासोनेराले रेनोल्ड्स होल्डिङस् मार्फत एनसेलमा ८० प्रतिशत शेयर होल्ड गरेको थियो । उसले सोही सेयर मलेसियन कम्पनी एक्सियटालाई विक्रि गरेको थियो ।

८० प्रतिशत लगानी विदेशी स्वामित्वको परिवर्तनसँगै २० प्रतिशत लगानी जुन स्थानीय लगानी हो त्यो कारोवार भएको थियो । यो २० प्रतिशत सेयर निरज गोविन्द श्रेष्ठले अर्का नेपाली भावना सिँह श्रेष्ठको सुनिभेरा क्यापिटल भेन्र्चसलाई विक्रि गरेको थियो । सोही अनुसारको पुजिँगत लाभकर रु २.८३ अर्व पनि सरकारलाई बुझाई सकेको छ । एनसेलको अहिलेको स्वामित्व संरचना अनुसार ८० प्रतिशत सेयर रेनोल्डस् होल्डिङस्कै र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्र्चससँग छ ।

पुजिँगत लाभकर लाभकर्ताले तिर्नुपर्ने कानुनी प्रावधान अनुसार लाभकर्ता टेलियासोनेरा हो एनसेल होईन् । रेनोल्डस् होल्डिङस्को स्वामित्व नर्वेमा दर्ता भएको टेलियासोनेरा नर्वे नेपाल होल्डिस्मा रहेको थियो र अहिले एक्सियटामा आएको छ । यसमा एनसेलको शेयरको प्रत्यक्ष कारोवार भएको थिएन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने रेनोल्डस् होल्डिङस्को कारोवार भएको हो ।

कानुन बाहेक नैतिकरुपमा पनि टेलियासोनेरालाई चुकिरहेको छ । उसलाई कानुन तथा नैतिक दुबैरुपमा जिम्मेवार नबनाई एनसेलतिरमात्र ध्यान दिँदा राज्यले पनि कमजोरी देखाएको हुन सक्छ ।

सरकारले टेलियासोनेराबाट कर असुल्न सके मात्र साँचो न्याय हुने देखिन्छ र राज्यले पनि सहीरुपमा जित्ने एनसेलको भनाई छ ।

 

LIVE TV