३२ जेष्ठ २०७३, मंगलवार

 

पटकपटक दिइएको प्राविधिक सुझावलाई लत्याउँदा म्याग्दीको सदरमुकाम बेनीमा वर्षेनी बाढी पस्ने गरेको छ । पक्की नाली, पानीको तीब्र गतिको नियन्त्रण र ठुला बस्तु रोक्ने छेकबार बनाउने लगायतका कार्यको कार्यान्वयनमा चासो नदेखाउँदा वेनीमा हरेक बर्ष बाढीले क्षति पु¥याउने गरेको हो ।

विगत केही बर्ष यता लगातार क्याम्पस चोक र मंगलाघाटमा पस्ने गरेको बाढीले लाखौंको क्षति पु¥याउनुमा राज्यले उपलब्ध गराएको बजेट समेत ब्यवहारिक रुपमा कार्यान्वयन नहुनु, जनताको सहभागिता न्युन, प्राकृतिक खोल्साहरूलाई निकास सहित जथाभावी सडकको विस्तार, आवश्यक पुर्वाधार निर्माणमा समेत चासो नपुग्नुले पनि बजार क्षेत्र बाढीको जोखिममा परेको प्राविधिक टोलीको दावी छ ।

बेनी–पाखापानी सडकखण्डको विस्तार तथा स्तरोन्नतिको क्रममा भलपानी, माटोको ब्यवस्थापन सहित स्थानीयबासीको सहभागिता लगायतका विषयमा प्रतिवेदन उपलब्ध  गराइएको भएपनि बजेट र जनचासोको अभावले हरेक बर्ष समस्या झेल्नुपरेका जिल्ला भू–संरक्षण कार्यालय म्याग्दीका प्रमुख दिवाकर पौडेलले बताउनुभयो ।

बेनीबजारमा बाढी पस्न थालेपछि तीन पटकसम्म जिल्ला भु संरक्षण अधिकृत पौडेलको संयोजकत्वमा जिविस, गाविस सहितको संलग्नतामा बनेको समितिले उपलब्ध गराएको सुझावलाई कार्यान्वयन भएको छैन् ।  २०६३ सालमा बुझाईएको प्रतिवेदनमा आधारित भएर अहिले सांसाद विकास कोषबाट नाली सहित भल तर्काउने नाली सहितको पूर्वाधार निर्माण कार्य जारी छ ।

हरेकबर्ष ७० लाखभन्दा धेरै क्षति पुग्ने भएपनि १० लाखको पुर्वाधार निर्माण भइरहेको अवस्थामा शनिबार राति आएको बाढीलाई रोक्न नसक्दा सदरमुकाम बेनीको करिव १ सय १० घरमा १ करोड ३७ लाख क्षपि पुगेको थियो । जिविस अन्तर्गत  एशियाली विकास बैंकको सहुलियत ऋणमा स्तरोन्नति भइरहेको बेनी–पाखापानी सडकको स्तरोन्नतिको काम आर्थिक बर्षको अन्तिममा हुने, माटोलाई आसपासको क्षेत्रमा फाल्ने लगायतका कारणले समेत बाढीको चपेटामा बेनीबजार पर्ने गरेको छ ।

यसैबीच हरेकबर्ष बाढीले क्षति पु¥याउन थालेपछि बेनी नगरपालिकाको ३८ लाख ५० हजार रुपैया अनुदान र उपभोक्ताको ११ लाख ५५ हजार रुपैया बराबरको सहभागीतामा मंगलबारदेखि पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV