३२ जेष्ठ २०७३, मंगलवार

dha

वैशाख १२ गतेको भुकम्पले काठमाडौँको सौन्दर्यको रुपमा रहेको धरहरा ढल्यो र धेरैले ज्यान पनि गुमाउनु प¥यो । इतिहास बोकेको धराहरा ढल्दा धेरैले नेपालीको आशा ढल्यो भनेर पनि भने ।

तर, सरकारले धरहरा निर्माणको लागि चालेको म बनाउँछु मेरो धरहरा अभियानमै टेकेर पुरातात्विक विभागले धराहरा पुनर्निर्माणको काम सुरु गरेको छ ।

काठमाडौँको मुटु मानिने सुन्धारामा रहेको धराहरा अहिले भग्नावशेषमा परिणत भएको छ । बि.स १८८२ सालमा महारानी ललित त्रिपुरा सुन्दरी देबीको सम्झनामा भीमसेन थापाले धराहराको निर्माण गराएका थिए । शुरुमा ११ तले रहेको धरहरा बि.स १९९० को महाभूकम्पमा पनि भत्किएको थियो ।

तर त्यसको दुई बर्ष पछि नै तत्कालिन प्रधनमन्त्री जुद्धशमशेरले धरहराको पुनर्निर्माण गर्न लगाएका थिए  । त्यतिबेला पुनर्निर्माण गरिएको धराहराको उचाई २०३ फिट थियो भने ७ औं तल्लामा बार्दली थियो ।

धरहराको सबै भन्दा माथिल्लो तल्लामा शिबलिंग थियो भने टुप्पोमा गजुर राखिएको थियो  । तर २०७२ साल वैशाख १२ गतेको भूकम्पले धरहरा जगैदेखि भत्किएपछि यतिबेला पुरातात्विक विभाग धराहरालाई पुनः ठड्याउने योजनामा लागेको छ । एन.एच कम्पनीले यसको अध्ययन समेत सुरु गरिसकेको छ ।

धरहरा निर्माणको लागि पुरातात्विक विभागले प्रारम्भिक अध्ययन सुरु गरेर नया बन्ने धराहरामा आधुनिक शैलीको प्र्रयोग गर्न लागेको छ । विभागले धरहरालाई प्ुन बाहिरबाट पुरानै शैलीमा निर्माण गर्ने भए पनि धरहराभित्र भने अपाङ्ग मैत्री बनाउन लिफटको व्यवस्था गर्ने जनाएको छ । त्यसैगरी धरहरा अवलोकन गर्न आउनेका लागि पार्किङ्गको व्यवस्था समेत गरिने विभागको योजना छ ।

ऐतिहासिक तथा सांस्कृतिक धरोहरको पुननिर्माणमा ढिलाई भइरहेको भनेर विभिन्न दोषारोपण भईरहेको बेला पुरातात्विक विभागले सुरु गरेको धरहरा अभियान एउटा सकरात्मक पक्ष हो ।

नेपाल सरकारले धरहरा लगायत अरु पनि धार्मिक,सांस्कृतिक र ऐतिहासिक सम्पदाको पुननिर्माण यथासक्य सुरु गरेर जनमानसमा घट्दै गएको पुननिर्माणको आशा फेरि ब्युँताउँन ढिलाइ गर्नुहुँदैन ।

 

LIVE TV