३२ जेष्ठ २०७३, मंगलवार

लहान, सप्तरी सदरमुकाम राजविराज–६ स्थित लक्ष्मीदेवी श्रेष्ठको निवास पछाडि आज गराइएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइतले नेतृत्व गरेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।

मोर्चाका संयोजक गोइतले आज जारी गर्नुभएको विज्ञप्तिमा राज्यद्वारा आफ्ना निर्दाेष र निहत्या कार्यकर्तालाई मार्ने क्रम जारी रहेकाले श्रद्धाञ्जलिस्वरुप सो बम विस्फोट गराइएको उल्लेख गरिएको छ । आज साँझ ४ः२० बजेतिर श्रेष्ठको घर पछाडि रहेको सेप्mटीट्याङ्कमाथि कुकर बम विस्फोट गराएको थियोे ।

विस्फोटबाट खासै क्षति नभएको प्रहरीले जनाएको छ । विस्फोटको आवाज सुनेर ठूलो सङ्ख्यामा स्थानीयवासी श्रेष्ठको घरअगाडि जम्मा भएका थिए । बम राख्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । रासस

 

LIVE TV