
जंगलमा बस्दै आएका राजामामा कुसुन्डा बंगुरपालन व्यवसायतिर आर्कषित भएका छन । लोपोन्मुख जाति राजामामा कुसुण्डाले आत्मनिर्भर बन्नका लागि गत बर्ष देखि बंगुर पालन सुरु गरेका हुन् ।
राजामामा कुसुन्डाले बंगुरको बच्चा बिक्री गरेर ४० हजार रुपैयाँ नाफा कमाउन पनि सफल भएका छन । राजामामाले पालन गरेको बंगुरको माउँबाट जन्मिएका १० वटा बच्चाबाट उनले आम्दानी बटुल्न सफल भएका हुन । प्रति गोटा ४ हजार रुपैयाँको दरले बंगुर बच्चा बिक्री गरेको राजामामा कुसुन्डा बताउछन ।
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले बर्षेर्नी दिदै आएको रासन, लत्ता कपडा र छोरी सिमान्त कुसुन्डाको पढाई खर्च दिदै आएको रकमले राजामामाले बंगुर व्यवसायमा लगानी गरेका थिए । यस बर्षबाट बंगुरबाट आम्दानी लिन थालेपनि घर खर्च चलाउनका लागि मुस्किल परेको राजामामा कुसुण्डाको भनाई छ ।