३२ जेष्ठ २०७३, मंगलवार

Som-pandey-1024x680

भक्तपुर, उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले अबको कार्यभार आर्थिक समृद्धि भएकाले सबै राजनीतिक दलले एक भएर अगाडि बढे आर्थिक रुपान्तरण सम्भव रहेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले
देशको प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्रको निर्माण गरी सबै युवालाई रोजगारी दिइने बताउनुभयो ।

उहाँले आगामी दश वर्षभित्र सबै युवा जनशक्तिलाई रोजगारी दिएर युवा जनशक्ति बिदेसिन रोक्दै यहाँका युवाले बनाएका सामान विदेश निर्यात गरिने बताउनुभयो । दैलेखबाट सुरु गरिएको पेट्रोलियम पदार्थको उत्खननसँगै नेपालको १० स्थानमा पेट्रोलियम पदार्थको उत्खनन जारी रहेको जानकारी उहाँले दिनुभयो । रासस

 

LIVE TV