
अर्थ समितिले कर्मचारी सञ्चय कोष नवौँ सशोधन विधेयक, २०७१ लाई मंगलबार पारित गरेको छ । उक्त विधेयकका सम्बन्धमा सुझाव सहितको प्रतिवेदन पेश गर्न गठित उपसमितिको प्रतिवेदनलाई समितिले सामान्य संशोधनपछि पारित गरेको हो ।
व्यवस्थापिका संसद अन्र्तगतको समितिले पारित गरेको विधेयकमा कोषले आफैं वा अन्य संस्थासँग मिलेर विश्वविद्यालय, शिक्षण अस्पताल, मेडिकल कलेज सहित शैक्षिक क्षेत्र, पर्यटन, कृषि विकासमा लगानी गर्न सक्ने प्रावधान प्रतिवेदनमा समेटिएको सभापति प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
पारित प्रतिवेदनमा कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको कुनै निकायद्वारा प्रवद्र्धित ऊर्जा उत्पादन, प्रसारण, पर्यटन, कृषि, विकास र अन्य पूर्वाधार निर्माणसँग सम्बन्धित कम्पनीका सेयरमा लगानी गर्न सक्ने व्यवस्थाका लागि विधेयकमा प्रस्ताव गरिएको छ ।
चिया बगानका श्रमिक तथा सहकारी सङ्घसंस्थामा कार्यरत कर्मचारीले समेत कोषमा आफ्नो आम्दानीको कोष कट्टा गर्न सक्ने व्यवस्था विधेयकमा अघि सारिएको छ ।
सञ्चयकर्ताले मासिक पारिश्रमिक रकमबाट कोषमा जम्मा गर्ने र कानुन अनुसार थप हुने रकम कोषमा जम्मा गर्ने जिम्मेवारी लिएको कर्मचारीले दाखिला गरेको नपाइएमा त्यो व्यक्तिबाटै रकम असुल गर्ने व्यवस्था गरिएको छ ।