३२ जेष्ठ २०७३, मंगलवार

dhito

नेपाल लाइफ इन्स्योरेन्सको फरदर पब्लिक अफरिङ(एफपीओ)मा नेपाल स्टक एक्स्चेन्ज पनि मुछिएको छ । दोस्रो बजारमा मूल्य प्रभावित हुने गरि दिएको सूचना वेभ साइटमा सार्वजनिक गरेको भन्दै नेपाल धितोपत्र बोर्डले नेप्सेसँग स्पष्टीकरण मागेको छ ।

मूल्य निर्धारणमा नियामक निकायबाट अनुमति नै नलिएको अवस्थामा बजारलाई प्रभावित  गर्ने सूचना नेप्सेको साइटमा किन सार्वजनिक गरेको भन्दै बोर्डले स्पष्टीकरण मागेको हो । यस्तो सूचना के आधारमा सार्वजनिक गरेको स्पष्टीकरण पेश गर्नु भन्दै बोर्डले नेप्सेलाई पत्र काटेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सले गत विहीबार प्रिमियम मूल्यमा एफपीओ गर्ने सूचना नेप्सेमा सार्वजनिक गरेको थियो । प्रतिकित्ता २८ सय ५१ रुपैयाँ जोडेर २९५१ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको सूचना सार्वजनिक भएपछि धितोपत्र बोर्डले कम्पनीको सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको थियो ।

शुक्रबार बोर्डले नेपाल लाइफको सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको हो । बोर्डले कम्पनीकै अधिकारीहरुसँग छलफल गरेर प्रिमियम मूल्य टुंगो लगाउने योजना बनाएको छ । यस अघिकै विधि अनुसार प्रिमियम तोक्ने र सेयर कारोबार फुकुवा गरिदिने योजनामा बोर्ड छ । औसत मूल्य बढी देखाउन पहिले नै प्रिमियम मूल्य बढी देखाएको हुनसक्ने भन्दै बोर्डले कम्पनीमाथि निगरानी राखेको धितोपत्र बोर्डले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV