३२ जेष्ठ २०७३, मंगलवार

काठमाडौं, फिल्म ‘अचानो’को घोषणा सँगै अर्को फिल्म ‘असत्यको बाटो’को अडियो भिडियो सार्वजनीक भएको छ । आयोजीत एक प्रेसमिटमा फिल्मका निर्माण पक्षले अचानो फिल्म निर्माणको घोषणा सँगै असत्यको बाटो फिल्मको अडियो भिडियो सार्वजनीक गरेका हुन् । साथै यसै कार्यक्रमका बीच गीतकार डा.हरी कृष्ण बराल र निर्माता सरोज शर्मालाई सम्मान पनि गरीको थियो ।

vlcsnap-2016-06-14-11h49m14s061
निर्माण हुन लागेको फिल्म अचानो र निर्माण भईसकेको फिल्म असतयको बाटो दुबैलाई आशुतोष फिल्मस्को ब्यानरमा ओम बस्नेत रीना आचार्य र केशब दाहाल निर्माताको रुपमा रहेका छन् । फिल्म अचानोमा नायिका बर्षा शिबकोटि लगाएतका कलाकारहरुको अभिनय रहने भएको छ । यो फिल्मलाई राजु अधिकारीले निर्देशन गर्दैछन् । जसले यसअगाडि पनि नायिका सिवाकोटीलाई नै लिएर फिल्म ‘सुब्बा साब’ निर्देशन गरेका थिए । उक्त फिल्म प्रदर्शन भएको छैन ।
कार्यक्रममा ‘असत्यको बाटो’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । महेन्द्र मैनालीको यथार्थ घटनाहरुलाई समेटेर तयार पारिएको भिडियोमा महेन्द्र मैनाली, राजन थपलिया, स्टु कार्की, बिष्णु धितालले अभिनय गरेका छन् ।
डाक्टर कृष्णहरि बरालको शब्द, रमेश खड्काको संगीत रहेको यो गीतको भिडियोलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । उपस्थित अतिथीहरुले गीतकार डा.हरी कृष्ण बरालले फिल्म ईन्डष्ट्रिलाई दिएको योगदानको प्रसंसा गर्दै फिल्मको निर्माण पक्षलाई सफलताको शुभकाना पनि दिए ।

vlcsnap-2016-06-14-11h51m21s104

vlcsnap-2016-06-14-11h50m53s885

vlcsnap-2016-06-14-11h51m11s019

LIVE TV