३१ जेष्ठ २०७३, सोमबार

rajapur

बर्दिया जिल्लाको भौरा टप्पु भनेर चिनिएको राजापुर क्षेत्रमा पर्ने कर्णाली नदीका कारण बर्षेनी पिडा भोग्दै आएका स्थानिय बासिन्दाहरुले यस बर्षदेखि भने निर्धक्क भई घरमै बस्न पाउँने भएका छन् । कर्णाली नदी ब्यवस्थापन आयोजनाले नदी नियन्त्रणको काम बेलैमा शुरु गरेपछि स्थानीयहरुले राहत महसुस गरेका हुन् ।

कर्णाली नदीले चारैतिरबाट घेरिएको राजापुरक्षेत्रका मनिसहरु बर्षातको समय शुरु भएपछि आफनो घरबार छोडेर अन्यत्र स्थानमा जान बाध्य हुन्थे । तर यस बर्षदेखि भने यस्तो समस्या टरेको छ । उत्तरतर्फ पर्ने राजापुर क्षेत्रको चिसापानीदेखि दक्षिण तर्फको भारतीय सिमानासम्म पर्ने कर्णाली नदीको पानी राजापुर क्षेत्रमा प्रवेश गर्ने गरेको कारण राजापुर क्षेत्र डुबानमा पर्ने गरेको थियो । यसले गर्दा बर्षातको समयमा यस क्षेत्रका स्थानीयहरु आफनो घरबार छोडन बाध्य हुने गरेका थिए ।

राजापुर क्षेत्रको एक नगरपालिका र ६ गाविसका करिव २ लाख स्थानिय बासिन्दालाई बर्षेनि दुख्ख दिने गरेको कर्णाली नदी ब्यवस्थापन गर्नका लागि सरकारले गत आर्थिक बर्ष कर्णाली नदी ब्यवस्थापन आयोजना स्थापना गरेको थियो । सोही आयोजनाले राजापुर बजार क्षेत्रको करिव १२ किलोमिटर नदी ब्यवस्थापन गर्ने उद्धेश्यले नदी नियन्त्रणको काम शुरु गरेपछि अहिले स्थानिय बासिन्दाहरु बर्षातको समयमा पनि ढुक्क साथ घर बस्न पाउँनेमा आशाबादी देखिएका हुन् ।

बर्दिया जिल्लामा रहेको सवै भन्दा ठुलो नदीका रुपमा चिनिने कर्णाली नदीले हरेक वर्षातमा दुख दिएर स्थानीहरु हैरान भएका थिए । तर अहिले नदी ब्यवस्थापनको काम शुरु भएपछि उनीहरुमा खुशीयाली छाएको छ ।

दुई बर्ष अघि मात्र कर्णाली नदी ब्यवस्थापन गर्नका लागि स्थापना भएको कर्णाली नदी ब्यवस्थापन आयोजनाले स्थापना भएको दुई बर्षको अवधिमा १२ किलोमिटर नदी ब्यवस्थापन गरी सकेको छ । १२ किलोमिटर नदी भएको स्थानमा राजापुर बजार, दौलतपुर, पशुपतीनगर पाताभारका गाउँहरु सुरक्षित  भएको छ । आगामी पाँच बर्षमा कर्णाली नदी ब्यवस्थापनको सम्पूर्ण कार्य पूरा हुने कर्णाली नदी ब्यवस्थापन आयोजनाका प्रमुख आत्माराम रायले बताउँनुभयो ।

विगतका वर्षहरुमा कर्णाली नदी नियन्त्रणमा सानोतिनो काम मात्र हुँदै आएकोमा गत बर्षदेखि भने ठूलै परियोजना बनाई काम शुरु गरिएको थियो । उक्त परियोजनाले सकरात्मक परिमाणाम सहितको काम गरिदिएपछि कर्णाली पीडित राजापुर क्षेत्रका स्थानीयहरुले यस वर्षको वर्षातमा पनि ढुक्कको सास फृर्न पाउँने भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV