३१ जेष्ठ २०७३, सोमबार

sakti

गृहमन्त्री शक्ति बस्नेतले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारबाही भएरै छोड्ने बताउनुभएको छ ।

उहाँले विप्लव माओवादीले एनसेलका टावरमा आक्रमण गर्नु दुःखद् भएको र त्यस बारेमा सुरक्षा निकाय संवेदनशील भएको बताउनुभयो । उहाँले आक्रमणमा संलग्नमाथि कारबाही भएरै छोड्ने बताउनुभयो ।

गृहमन्त्रीले विप्लव माओवादीलाई कारवाहीको दायरामा ल्याउछु भने लगत्तै दाङ, चितवन र म्याग्दीबाट टावरमा आक्रमण गर्ने केही व्यक्तिलाई प्रहरी पक्राउ पनि गरेको छ ।

यसैबीच एनसेलले एक विज्ञप्ती जारी गरी आफ्नो टावरहरुमा भएको आक्रणको भत्र्सना गरेको छ । साथै व्यवसायिक सुरक्षाको माग गर्दै आक्रमणकारीहरुलाई यथासक्य छिटो कारवाहीको दायरामा ल्याउन माग पनि गरेको छ ।

LIVE TV