३१ जेष्ठ २०७३, सोमबार

गत शुक्रबार भोजपुरको इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ्गमा प्रहरी जवानको असावधानीका कारण गोली चलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरी कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीबीचको विवादका कारण उक्त घट्ना भएको भनि चलेको हल्लाको खण्डन गरेको हो ।

प्रहरी जवान दिपेश रिजालले ड्युटीका क्रममा थ्री नट थ्री हतियारको म्याग्जिन अनलोड गर्ने क्रममा च्याम्बरमा गोली पुगेकाले गोली पड्केको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

अनलोड गरिएको हतियार भुईतिर फर्काएर चेक गर्दा गोली पड्केको बताउँदै सञ्चारमाध्यममा आएजस्तो झैझगडाको कारण नभएको प्रष्ट पारेको हो ।

सो घटनामा इलाका प्रहरी कार्यालयका इन्चार्ज सई रामबहादुर कार्की र दिपेश रिजालको कमजोरीका कारण विभागीय कार्यवाहीको तयारी गरिएको  बताइएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान भैरहेको र प्रहरी नियामवलीका अनुसार कार्वाही गर्ने तयारी भैरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV