३१ जेष्ठ २०७३, सोमबार

phota1

नयाँ गभर्नर चिरन्जीवी नेपालको हस्ताक्षर सहितको नयाँ नोट बजारमा आएको छ । बजारमा आएको १ सयको नोट नेपालको हस्ताक्षरसहितको पहिलो नोट हो ।

नेपाल राष्ट्र बैँकले सोमवार सार्वजनिक गरेको सूचना अनुसार सोमवारदेखि बजारमा आएको सय रुपैयाँको नोटमा अब माउ गैँडा र बच्चा गैँडा पनि सँगै रहेका छन् ।

हालसम्म १ सयको नोटको पछाडिको भागमा एउटा गैँडा रहने गरेकोमा सोमवारदेखि बजारमा आएको नयाँ नोटमा दुई वटा गैँडा हुनेछ । त्यसैगरी अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको छ ।

त्यसैगरी नोटको सुरक्षा धागो पनि परिवर्तन गरिएको छ । नोटको अग्रभागमा रहने सुरक्षा धागोलाई सीधा हेर्दा रातो देखिन्छ भने ढल्काएर हेर्दा हरियो । यसलाई उज्यालो प्रकाशमा हेर्दा भने पारदर्शी देखिन्छ जसमा अङ्ग्रेजी अक्षर एनआरबी र १०० लेखेको देखिन्छ ।

नोटको पानी छापमा पहिले जस्तै लालिगुँरासको फोटो राखिएको छ । फिट मेडल फिचरमा भने मायादेवीको चित्र राखिएको छ । नोटको बोर्डरमा नेपालीमा वि.सं. २०७२ र अङ्ग्रेजीमा २०१५ एडी लेखिएको छ ।

5

6

प्रतिक्रिया दिनुहोस्
LIVE TV